Musickhabar Interview with Singer Amar Birahi Gurung

म्यूजिक खबर
प्रकाशित: १७ भाद्र २०७४, शनिबार

Singer Amar Birahi Gurung ll लोक गायक अमर विरही गुरुङ भन्नुहुन्छः- विकृति बढ्यो मौलिकता हरायो वरिष्ठ लोक गायक अमर विरही गुरुङसँग म्यूजिक खबरले गरेको कुराकानी: गायक अमर विरही गुरुङ लोकगायनको क्षेत्रमा परिचित नाम हो । लोक तथा दोहोरी गीत प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत रहेनुभएका अमर विरही गुरुङले २०३९ सालबाट औपचारिक गायनयात्रा सुरु गर्नुभएको हो । २०११ साल माघ १० गते पर्यटकीय जिल्ला लमजुङको घनपोखरामा जन्मिनुभएका गुरुङले गाउँमा हुने रोधी, घाटु, कौरा गाउँदै लोक संस्कृतिमा उल्लेखनीय योगदान दिइसक्नुभएको छ । रेडियो नेपालमा ६० भन्दा बढी गीतमा स्वर दिइसक्नुभएका गुरुङले ५० वटा गीतिसंग्रह नै बजारमा ल्याइसक्नुभएको छ । गोर्खा दक्षिण बाहु चौथो लगायत विभिन्न संघसंस्थाबाट सम्मानित भइसक्नुभएको छ । लोकदोहोरीको विकास र विस्तारका लागि दिनरात खटिराख्नुभएका गायक गुरुङले आगामी भाद्र ३१ गते जीवनमा पहिलो एकल साँझ गर्दै हुनुहुन्छ । स्याउली पलाइछ, रेलिमै, सलल बग्यो गण्डकी, गोगन पानीमा जस्ता दर्जनौं गीतहरुबाट स्रोतामाझ चिनिनुभएका गुरुङ लोकगायनको खम्बा नै मानिनुहुन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु