नगरकोटले चुम्यो एक लाखसहितको राष्ट्रिय दोहोरी प्रतियोगिता

म्यूजिक खबर
प्रकाशित: २९ असार २०७५, शुक्रबार

२९ असार, काठमाडौं । गत मंगलबार दिउँसो काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सुरु भएको ‘राष्ट्रिय खुला लोकदोहोरी प्रतियोगिता–२०७५’ नगरकोट दोहोरी साँझले १ लाख पुरस्कार चुम्दै हिजो विहीबार सम्पन्न भयो । त्यसैगरी गामवेशी दोहोरी साँझले द्वितीय स्थान हासिल ग¥यो भने रोल्पना प्रतिष्ठानले तृतीय स्थान हासिल ग¥यो । पहिलो हुनेले १ लाख रुपैयाँ, दोस्रो हुनेले ५० हजार, तेस्रो हुने समूहले २५ हजार रुपैयाँ नगद राशिसहित ट्रफी उचाल्न सफल भए ।


यो प्रतियोगितामा मुलुकका विभिन्न भूभागबाट १७ वटा समूहले भाग लिएका थिए । प्रतियोगितामा सहभागी जुनकिरी दोहोरी साँझ दरबार मार्ग, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान समन्वय समिति, सिर्जना समूह काठमाडौं, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासी, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान बागमती, गामवेशी दोहोरी साँझ, नगरकोट दोहोरी साँझ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रोल्पा, नीलहीरा समाज काठमाडौं लगायतका रहेका थिए ।


सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगिता निरन्तर तीन दिनसम्म प्रतिस्पर्धात्मक रुपमा चलेको थियो । प्रतियोगिताको उद्घाटन अग्रज लोकगायक कुमार बस्नेतले गरेका थिए । नेपाली लोक गीत, लोक भाका देशको मौलिक सम्पत्ति भएको बस्नेतले बताएका थिए । त्यसैगरी सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले लोकसंस्कृतिको विकास गर्न, जगेर्ना गर्नु उदेश्य भएकाले सोहीअनुसार लोकदोहोरी प्रतियोगिता आयोजना गरिएको बताएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु