नायिका निता बनिन् रविना व्युटी पार्लरको ब्रान्ड एम्बेस्डर

    [likebtn]

    १० भाद्र, काठमाडौं । काठमाडौंको पेप्सीकोला र मिन भवनमा रहेको आधुनिक सुविधा सम्पन्न ‘रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’को ब्रान्ड एम्बेस्डरमा अभिनेत्री निता ढुँगाना अनुबन्धित भएकी छिन् ।
    सिटिईभिटी अन्तर्गतका व्युटिसियनहरुको लेवल १ र २ को परीक्षाको लागि बैधानिक रुपमा उत्कृष्ट सेन्टरको समेत मान्यता पाएको यो पार्लर तथा ट्रेनिङ सेन्टरमा अभिनेत्री निता एक वर्षका लागि जोडिएकी हुन् । बरिष्ट व्युटिसियन सुलोचना श्रेष्ठले यो पार्लर बिगत डेढ दशकदेखि सञ्चालन गर्दै आएकी छिन् ।

    यसैबीच रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खरिबोट मिनभवनको नयाँ आउटलेटको पनि अभिनेत्री निता ढुँगाना, बरिष्ट व्युटिसियन डा. राजश्री श्रेष्ठ र सीता पाठकले सँयुक्त रुपमा उद्घाटन गरेका छन् ।
    आफुले व्युटी पार्लरसँग जोडिन पाउँदा निकै खुसी लागेको बताउँदै अभिनेत्री निताले बरिष्ट व्युटिसियन सुलोचना र उहाँको टिमले आफ्नो सुन्दरतामा अझ निखार ल्याउने विश्वास व्यक्त गरेकी छिन् । हरेक दिन जसो सुटिङ सहित विभिन्न औपचारिक कार्यक्रममा गईरहनु परेकाले नियमित रुपमा आफुलाई सुन्दर र तन्दुरुस्त राख्नु पर्ने पनि उनले बताईन् । उनले उद्घाटन समारोहलाई सम्बोधन गर्दै रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरको सफलताको कामना समेत गरिन् ।

     


    आगामी वर्ष ७ भदौसम्म आफुहरुले अभिनेत्री निताको सौन्दर्य अन्तर्गत हेयर केयर, स्किन, केयर, बडी केयर सहित सौन्दर्यसम्बन्धि सम्पूर्ण पक्षको केयर गर्ने रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष सुलोचना श्रेष्ठले बताईन् । अभिनेत्री नितासँग आफुहरु जोडिन पाएकोमा खुसी व्यक्त गर्दै यो सहकार्य अत्यन्त सुखद हुने विश्वास जनाईन् । अहिले खरिबोटमा खुलेको नयाँ आउटलेट (पार्लर) बिगतका पर्लर भन्दा अझ सुविधा सम्पन्न भएको पनि उनले जानकारी गराईन् ।

    उद्घाटन समारोहमा बरिष्ट व्युटिसियन डा. राजश्री श्रेष्ठले सुलोचना दक्ष व्युटिसियनसँगै सक्षम व्युटिसियन प्रशिक्षक भएकाले उनले अझ धेरैलाई गुणस्तरीय सेवा दिने विश्वास व्यक्त गरिन् । कार्यक्रममा अर्की अग्रज व्युटिसियन सीता पाठकले पनि रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरको सफलताको कामना गरिन् ।

    Facebook comments

    Social Media

    आठ कक्षा फेललाई PHD को नक्कली उपमा भिराय भन्दैमा विश्वमै बहादुर सेना कहलियको नेपाली सेनाको अवमुल्यन गर्दै बिदेशी सेनालाई प्रबेश दिनु कहाँको स्वाभिमान र कताको राष्टबाद हो???

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार