दसैंको मौका पारेर सिड्नीमा ‘नेपाल काइट फेस्टिभल–२०१८’ हुँदै !

म्यूजिक खबर
प्रकाशित: २३ आश्विन २०७५, मंगलवार

गायक दीपक बज्राचार्य र रिदम ब्याण्ड मुख्य आकर्षण


काठमाडौं– दसैंको अवसर पारेर यही शनिवार अर्थात अक्टोबर १३ का दिन अष्टे«लियाको सिड्नीमा पाँचौं संस्करणकोनेपाल काइट फेस्टिभल–२०१८’ आयोजना हुँदैछ । गुठी अष्टे«लियाले सिड्नीको स्थानिय बाइसेन्टिनियल पार्कमा आयोजना गर्न लागेको नेपाल काइट फेस्टिभल–२०१८ को पाँचौ संस्करणको सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्थाले जनाएको छ । आयोजक गुठि अष्टे«लियाले ‘नेपाल काइट फेस्टिभल–२०१८’ शीर्षक राखेको उक्त फेस्टिवलको मुख्य प्रायोजनको जिम्मा ओली एण्ड एसोसिएट्ले लिएको छ ।

नेपाली समुदायमाझ अत्यन्त लोकप्रिय यो फेस्टिभलको मुख्य आकर्षण चंगा उडाउनु भए पनि यो वर्ष आयोजना संस्थाले नेपालका लोकप्रिय गायक दीपक बज्राचार्य तथा उनको रिदम ब्याण्डलाई प्रमुख आकर्षण बनाएको छ । दीपक तथा उनको ब्याण्डले सिड्नी बाहेकका विभिन्न ६ ठाउँमा सांगीतिक प्रस्तुत दिइसकेको छ भने अन्तिम कार्यक्रमको रुपमा नेपाल काइट फेस्टिभलमा प्रस्तुत हुन लागेको हो । दीपकको ‘मन मगन…’ गीत यतिबेला लोकप्रियताको शिखरमा छ । यसबाहेक दीपकले गाएका दर्जनौं गीतहरु दर्शक तथा स्रोतामाझ लोकप्रिय छन् ।

आयोजक गुठी अष्टे«लियाले फेस्टिभलको सम्पूर्ण तयारी पुरा भैसकेको तथा कार्यक्रमलाई सफल बनाउन सिड्नी तथा वरपरका सबै नेपालीलाई उपस्थित हुन अनुरोध गरिसकेको छ । कार्यक्रम स्थानिय समय अनुसार दिउँसो १२ बजेदेखि राती ९ बजेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रमको निर्धारित तालिका अनुसार दिउँसो १२ बजेदेखि ५ बजेसम्म विभिन्न सांस्कृतिक प्रस्तुतीहरु सञ्चालन गरिने छ । त्यसक्रममा स्थानिय कलाकारहरुको प्रस्तुती, चंगा उडान प्रतियोगिता, मःम खाने प्रतियोगिता, रथ जात्रा, लाखे नृत्य, पुलुकिसी नृत्य सञ्चालन गरिनेछ । कार्यक्रमको यो अघिल्लो चरणलाई पारिवारिक शैली प्रदान गरिएको छ भने साँझ ५ बजेपछिको कार्यक्रमलाई सांगीतिक प्रस्तुतीमार्फत अघि बढाइने छ । जस अन्तर्गत गायक दीपक बज्राचार्य तथा रिदम ब्याण्डले उपस्थित दर्शकमाझ आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्नेछन् । त्यसक्रममा अष्टे«लियामै रहेका स्थानिय कलाकारहरुले समेत आफ्नो प्रस्तुति दिनेछन् ।

कार्यक्रममा आठ वटा फरक–फरक फुड स्टलहरुको व्यवस्था गरिने छ । त्यसका साथै बालबालिकाहरुको लागि जम्पिङ क्यास्टल, फेस पेन्टिङसहितका मनोरञ्जनात्मक कार्यक्रमहरु समेत सञ्चालन गरिने तयारी आयोजक संस्थाको छ ।

आयोजक गुठि अष्टे«लियाका अध्यक्ष शिव श्रेष्ठका अनुसार कार्यक्रममा सहभागिताका लागि कुनै पनि शुल्क लाग्दैन, यद्यपि चंगा लट्टाई भने निश्चित शुल्क तिरि भाडामा किन्नु पाईने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु