ए सोल्टिनीको शीर्ष गीत सार्वजनीक

म्यूजिक खबर
प्रकाशित: १० असार २०७५, आईतवार

१०असार, काठमाडौं । ए सोल्टिनी फिल्मको शीर्ष गीत सार्वजनिक गरिएको छ । सुवास नेपालीले गाएको गीतको भिडियोमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ र गंगा राना मगरलाई प्रस्तुत गरिएको छ । निर्देशक निमा लामा तामाङको शब्द र संगीत रहेको सो गीतको कोरियोग्राफी अभि लामाले गरेका हुन् ।

 

असार १५ गते एकल प्रदर्शनमा आउने तयारीमा रहेको ए सोल्टिनीले पछिल्लो समय प्रचार प्रशारलाई तीव्रता दिएको छ । दिलकुमार घलान तामाङले निर्माण गरेको फिल्मको प्रस्तुतकर्ता पूर्णी तामाङ छिन् ।
जिम्वा फिल्मस् प्रोडक्शनको ब्यानरमा बनेको फिल्ममा सबिन श्रेष्ठ,अर्जुन गुरुङ, जयनन्द लामा,ज्ञानबहादुर जिम्वा,गंगा रानामगर, मन्जु श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु