प्रदीप र विकासले बाँडे ५० लाखको खुशी

म्यूजिक खबर
प्रकाशित: ९ असार २०७५, शनिबार

९ असार, काठमाडौं । खुशी सबैका आआफ्नै हुन्छ । कोही करोडमा रमाउँछन् कोही लाखमा त कोही हजारमै खुशी हुने गर्छन् । यहाँ गीतकार प्रदीप भारद्वाज र संगीतकार विकास चौधरीले ५० लाखमै खुशी बाँडेका छन् ।

चलचित्र पञ्चेबाजाको घिन घिन मादल बोलको गीतले गीतकार, संगीतकारसँगै गायक गायिकालाई स्टेजमा चर्चित बनाइरहेको छ । पूर्वदेखि पश्चिमसम्म घिनघिन मादलले चर्चा पाइरहँदा उनीहरुले यूट्यूबममा भने अर्गानिक भ्यअर्सको खुशी बाँड्न सफल भएका हुन् । यहाँ आज अपलोड ग¥यो भोली नै ट्रेन्डिङ वा बुस्ट गरेर करोड क्लबमा पुग्नेहरुका अगाडी गीतकार प्रदीप भारद्वाज र संगीतकार विकास चौधरीले भने ५० लाखको अर्गानिक स्रोता दर्शकहरुसँग खुशी बाँडेका हुन् ।

गत फागुन ११ मा प्रर्दशन भएको चलचित्र पन्चेबाजाको घिन घिन मादलले यूटुवमा अर्गानिक ५० लाख भन्दा माथि दर्शक पाएको छ । यो अबसरमा गीतकार एव संगीतकार ले केक काटेर खुसियाली साटासाट गरेका हुन् ।

 

गीतकार प्रदिप भारद्धाज र संगीतकार बिकाश चौधरीले आफ्नै कार्यलयमा केक काटेर ५० लाख भ्यूजको सेलिब्रेसन गरेका छन् । उक्त गीतलाइ अन्जु पन्त र डेबिड शंकरले गाएका हुन् । राजेश शाहि को निर्माण तथा घनश्याम लामिछानेको निर्देशनमा तयार पन्चेबाजाको उक्त गीतालाइ कबिराज गहतराजले कोरियोग्राफि गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु