कल्पनाको ‘अर्गानिक तीज’मा सुमनको अर्गानिक शब्द र बि.बि.को संगीत !

म्यूजिक खबर
प्रकाशित: २७ श्रावण २०७५, आईतवार

श्रावण २७, काठमाडौं । गायिका कल्पना दुलालले तीजकै सन्दर्भ समेटेर ‘अर्गानिक तीज गीत’ सार्वजनिक गरेकी छिन् ।
रेडियो काठमाण्डुकी सञ्चारकर्मी समेत रहेकी रहेकी कल्पना दुलालको स्वर, सुमन श्रापितको शब्द र बीबी अनुरागीको संगीत रहेको ‘अग्र्यानिक तीज गीत’ गीतको वोल जस्तै अग्यानिक लाग्छ ।

यसमा प्रयोग भएका शब्द र संगीतले गाउँघरमा मनाईने तीजको झल्को दिन्छ । कतिपयले शहरीयाहरुले तीजलाई भड्किलो बनाए भनेर टिप्पणी गरीरहेको वेला गीतकार श्रापित र संगीतकार अनुरागीले तीजको मौलिक अझै मरेको छैन भनेर पुष्टि गरेर देखाएका छन् ।

ठेकीमा जमाएको दही,थाँक्रोमा फलेको चिचिण्डा, दुध, घ्यु जस्ता गाउँमा पाईने परिकारले गीतको बोल जस्तै अग्र्यानिक बनाएको छ । कल्पना नयाँ गायिका भएपनि उनको स्वर सुन्दा नयाँ जस्तो लाग्दैन । परिपक्व लाग्छ ।

गीतमा प्रयोग भएक शब्दले गाउँमा जन्मेर शहरमा हुर्केका संगीतप्रेमीलाई मज्जैले गाउँको स्मरण गराउछ ।

मधुर बस्नेतको निर्देशनमा बनेको भिडियोमा युनिषा थापा, कल्पना दुलाल, धु्रव थापालगायतका कलाकारले अभिनय गरेका छन् भने कमलादेवी डिजिटलले बजारमा ल्याएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु