किन छोडिन् सुरज सुब्बालाई पूजाले ?

म्यूजिक खबर
प्रकाशित: १४ कार्तिक २०७५, बुधबार

काठमाडौं । अभिनेत्री पूजा शर्मा सबैको प्रिय नायिका भएर परिचित भइसकेकी छिन् । निर्देशक सुदर्शन थापाको छत्रछाँयामा बसेर अभिनेत्री पूजा शर्माले ठूलो सफलता हात पार्न सफल भइन् । चलचित्र ‘मधुमास’ बाट निर्देशक थापाले आफ्नो हातमा पारेका थिए । त्यसपछि निर्देशक थापाको चलचित्र एकपछि अर्को गर्दै रामकहानीसम्म लिए, जसका कारण पूजाको नामले दर्शक हलसम्म जाने वातावरण बनेको थियो । प्रेमगीत चलचित्रबाट एकाएक चर्चामा आएकी पूजा शर्मा यतिखेर भने निर्देशक थापाकै निर्देशनमा बन्न लागेको चलचित्र ‘सम्हालिन्छ कहिले यो मन’ मा व्यस्त छिन् । आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, आकाश श्रेष्ठजस्ता नायकसँग जोडी बनेर चलचित्रमा देखिएकी पूजा यतिबेला भने सोनम तोप्देनसँग देखिँदैछिन् ।

सुदर्शन थापाको चलचित्रमा मात्र देखिएकी पूजाले केहीसमय अगाडि सुरज सुब्बा नाल्बोको चलचित्रमा खेल्ने भन्दै साइन गरेकी थिइन् । चलचित्र अमेरिकामा छायाँकन हुने हल्ला थियो । तर चलचित्रको नाम नजुर्दै पूजाले गरेको साइन तोडिएको चर्चा बजारमा चल्न थालेको छ । सुरज सुब्बालाई किन छोडिन् त पूजाले ? यो चर्चाको विषय बन्न थालेको छ । निर्देशक सुब्बाका अनुसार भिषाको कारणले छायाँकनमा जान ढिलाइ भएको बुझिए पनि सुब्बा भने पूजाले छाडेको चर्चाप्रति खण्डन गरिरहेका छन् । निर्देशक सुब्बा पल शाहलाई लिएर हृदयभरि बनाउन व्यस्त छन् भने पूजा सम्हालिन्छ कहिले मनमा । अब हृदयभरि सकिएपछि पूजासँग काम गर्ने सुब्बाले बताइरहेका छन् । पूजाले साइन गरेको हो तर चलचित्रको काम हृदयभरि सकिएपछि मात्र सुरु हुन्छ निर्देशक सुब्बा भन्छन् । जुन चलचित्र अन्तरजातीय प्रेमकथामा बन्ने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु