पुजा सुनुवारको सुमधुर आवाजमा “यसपालीको तीजमा माइत जाने हो” हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: ३१ श्रावण २०७५, बिहीबार

काठमाडौं, ३१ साउन । मैना सुनुवारको शब्द अनि गायिका पुजा सुनुवारको सुमधुर आवाजमा “यसपालीको तीजमा माइत जाने हो” वोलको  तीज गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ ।

पोहोर सालको तीजलाई स्मरण गर्दै जसरी भएनि “यसपालीको तीजमा माइत जाने हो” गीतको म्यूजिक भिडियो कलाकारहरुमा सम्झना लामा, कञ्चन जोशी श्रेष्ठको साथमा अन्य साथीहरुको समुहगत  नृत्य रहेको छ ।

जसमा आशा बुढाको म्यूजिक, रामचन्द्र चन्दको एरेञ्जर, महेश महराको सिनेमाटोग्राफर र शेर साउदको निर्देशन रहेको छ भने सम्पादन गरेका गरेका छन् विरेन्द्र भाट विपिनले ।

बर्षौदेखिको महिला दिदीवहिनीहरुको मन कुँडिएर गुम्सिएका मनोभावलाई उजागर गर्ने उद्देश्यको परिकल्पनामा यो “यसपालीको तीजमा माइत जाने हो” तीज कोशेलीको म्यूजिक भिडियो तयार पारिएको हो ।

हेर्नुहोस् भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु