गायिका संगीताको ‘प्रतिबिम्ब तिम्रो’ मा विनु र विशाल, हेर्नुहोस भिडियो

म्यूजिक खबर
प्रकाशित: ३० कार्तिक २०७५, शुक्रबार

बरिष्ठ गायिका संगीता  राना प्रधानको नयाँ गीत ‘प्रतिबिम्ब तिम्रो’ को म्युजिक भिडियो सार्वजनिक  भएको छ । सार्वजनिक यस आधुनिक गीतमा गायिका प्रधानको आवाज , मीरा गजुरेलको शब्द तथा हरि लम्सालको संगीतरएरेन्ज  रहेको छ  ।

यस गीतको भिडियोमा अहिलेका निकै चर्चित बेली डान्सर विणु शाक्य र विशाल थापाको अभिनय रहेको छ । यस गीतमा राज महर्जनको कोरियोग्राफी ,राम कुमार केसीको  छायाङकन ,  टेकेन्द्र शाहको  सम्पादनमा सुवास प्रधानले निर्देशन गरेका हुन् । भिडियोलाई मीरा गजुरेलले निर्माण गरेकी छिन  ।

हेर्नुहोस भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु