हाइटले अलिकति धोका दियोः पूर्णकला बिसी

म्यूजिक खबर
प्रकाशित: ३२ असार २०७५, सोमबार

३२ असार, काठमाडौं । नेपाली लोकसांगीतिक क्षेत्रमा विगत लामो समयदेखि निरन्तर सक्रिय रहँदै आएकी गायिका हुन पुर्णकला बिसी । हालसम्म ५ हजार बढी गीतमा आवाज भरिसकेकी बिसीले धेरै दर्शक स्रोताको मन मस्तिष्कमा बस्न सफल छिन् । बाहिर स्टेज र सांगीतिक मेला महोत्सवमा भन्दा स्टुडियो मै भोकल हालिरहन भ्याइ न भ्याइ हुने पूर्णकला अहिलेसम्म पनि स्टुडियोमा बढी भोकल दिने गायिका मध्य उनको नाम अग्रपंक्तिमा आउँछ । उनै सुमधुर स्वरकी धनी गायिका पुर्ण कलासँग म्युजिक खवरले गरेका १० रोचक प्रस्न उत्तरः

१. पहिलो पटक गीत गायर लिएको पारिश्रमिक कति थियोे ?
पहिलोपटक स्टुडियोमा आफ्नो आवाज मा गीत रेकर्ड हुन पाउनु त्यो नै मेरो लागि अमुल्य अवसर थियो । डम्बर नेपाली दाइप्रर्ती एकदमै आभारी छु । पारिश्रमिक ५०० रुपैयाँ लिएकी थिएँ ।
२.अहिलेसम्म न खुलेको तपाईंको २ गोप्य कुरा ?
त्यस्तो गोप्य नै त खासै केही छैन मेरो बारेमा धेरै कुरा दर्शक श्रोतालाई थाहा नै छ ।
३. मेकअप र सपिङमा एक महीनामा कति खर्च गर्नुहुन्छ ?
त्यस्तो धेरै खर्च गर्दिनँ अति आवश्यक कुराहरू आवस्यकताहरु मात्रै पूरा गर्छु । म त्यत्ति धेरै स्टेज हिंड्दिन त्यसैले पनि धेरै खर्च गर्नु पर्दैन । म सिम्पल नै छु नि हैनर ? (हाँस्दै)
४. प्राय तपाईंको ब्यागमा न छुट्ने ४ सामान ?
पर्स, लिपिस्टिक, मोबाइल, मोबाइल पावर ।
५. के कुरा सम्झिनु भो भने हासो थामिदैन ?
म अर्घाखाँची कार्यक्रममा जाँदा एउटा पसलमा कपडा किने अनि त्यहीँ बेलामा मलाई सुसु आयो अनि पसलको दिदीलाई सोधे– दि पिसाब फेर्न मन लाग्यो का फेरम ? भनेको त्यो दिदीले त्यो कपडा कहाँ गएर फेरम भन्नी बुझ्नु भएछ अनि त्यहाँ भित्र गएर फेर्नुस भन्नुभो । म भित्र गए भित्र गोदाम थियो फेरि सोधे दिदी यहीं हो ? दिदिले हो हो भन्नू भो फेरि सोधे फेरि हो भन्नुभो म आत्तिएको थिए त्यहीँ फेरिदिएँ । त्यो घटना एकदमै यादगर छ अहिले पनि स्टुडियोमा गीत गाउँदा गाउँदै सम्झे भने हासै थामिदैन ।

 


६. कोमल वली दिदिलाई सुहाउँदो जोडी को होला ?
दिदीले सायद बिहे नै गर्नुहुन्न अब हामी जोडि खोजेर को होला भनेर धेरै न सोचौं दिदी लाई यत्तिकै ठिक छ ।
७. चाहेरै सुधार्न न सकेका ४ बानी ?
सुधार्न न सकेको बानी एकदम अल्छी छु । मासु बढी खान्छु हेर्नुस् न कति मोटि भैसके कम गर्छु भन्यो सक्दै सक्दिन । अलिकति जिद्दी छु आफुले भनेको कुरा सकेसम्म हुनैपर्छ त्यो पनि राम्रो होईन । अनि अलि केएरलेस छु बाहिर तिर हिंड्दा धेरै सामान हराउँछु ।
८.कस्तो अवस्थामा रुनु न हास्नु हुनुभएको छ ?
बाहिर प्रोग्राम को लागि गएकी थिए गीत गाउन तयार भएर स्टेज चढेपछी एकजना सिनियर दाइले( नाम न खुलाउ वहाँलाई नि याद छ होला ) बिना गल्ती बिना कारण थर्काउनु भयो असाध्यै न मज्जा लाग्यो रुन नि सकिन खुलेर गाउन रमाइलो गर्न नि सकिनँ ।
९. आफैंलाई मन परेका शरीरका ४ अंग ?
आफैले आफ्नो प्रशंसा गरेजस्तो भयो नि यो त बरु तपाईं भन्नुस् न तपाईंको यो यो एकदम राम्रो छ भनेर हीही । दाँत, ओठ आँखा, अनुहार मन पर्छ सानो चिटिक्कको छ ल जा ! न भनी न हुने भएपछि हीहीही ।
१०. गायिका न भएको भए ?
मलाई आर्मी या पुलिस मा भर्ती भएर देश को सेवा गर्नी ठुलो रहर इच्छा हो । तर हाइटले पनि अलिकति धोका दियो । गायिका न भएको भए मेहनत गरेरै भए पनि अहिले चट्ट लाहुरेनी हुन्थे होला ।
प्रस्तुतिः किस्ना आचार्य रोशनी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु