प्रेममा रमाउँदै पुष्प खड्का र जुना सुन्दास (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २ श्रावण २०७५, बुधबार

३ साउन, काठमाडौं । चर्चित मोडल तथा अभिनेता पुष्प खड्का र मोडल जुना सुन्दास यतिबेला प्रेममा रमाउँदैछन् । फूलको बास्नासँगै जूनको ज्योतिसँगै उनीहरुको पनि प्रेममय वातावरण सिर्जना भएको छ । स्वरुपराज आचार्य र बबी लिम्बूको स्वरमा रहेको ‘फूलको’ बोलको गीतको म्यूजिक भिडियोमा पुष्प र जूनाको प्रेमिल सामिप्यता देखिएको हो ।

भावना मगरको शब्द र भक्त लुंगेलीको संगीत रहेको उक्त गीतको म्यूजिक भिडियोलाई समन अधिकारीले निर्देशन गरेका हुन् । निरोज श्रेष्ठको छायाँकन रहेको उक्त भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् । अम्बिका म्यूजिकबाट बजारमा आएको उक्त गीतको भिडियोलाई म्यूजिक नेपालको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु