राजु लामा र रमिला ज्ञाङ्मीको स्वरमा ‘सरसर…..’ सार्वजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २ आश्विन २०७५, मंगलवार

काठमाडौं– एस आर एस ईन्टरटेडमेन्टको प्रस्तुतीमा ‘सरसर…..’ वोलको लोक तथा पप गीत सार्वजनिक भएको छ । गीतमा लोकप्रिय तथा मंगोलियन हर्ट गायक राजु लामा र गयिका रमिला ज्ञाङ्मी मगरकाको सुमधुर स्वर रहेको छ । जसमा गीतकार डीपी खनालको शब्द रहेको छ भने धनु ज्ञाङ्मी मगरको संगीत रहेको छ ।

सेवा रेकर्डिङ स्टुडियोमा मुस्कान मुकारुङद्वारा रेकर्डिङ ‘सरसर…..’ वोलको गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन् । गीतको म्युजिक भिडियोतर्फ पत्रकार तथा निर्देशक शुब्रतराज आचार्यको निर्देशन रहेको छ, भने जया शर्माको सहनिर्देशन रहेको छ ।

जसमा एलिश राई, गम्भिर बिष्ट र प्रकाश वस्नेतको नृत्य रहेको छ । सुरेन्द्र बस्यालको कोरियोग्राफी रहेको यस गीतलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् भने नविन निरौलाको सम्पादान रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु