रामकृष्णको स्वर, हिमाल सागरको संगीत र कृषुको शब्द रहेको गीत ‘अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा चयन ! (भिडियो)

    [likebtn]

    नेपालबाट एकमात्र म्युजिक भिडियो चयनमा

    भाद्र २२, न्यूयोर्क । गायक रामकृष्ण ढकालले गाएको ‘अचेल पाइलै पिच्छे’ भन्ने गीत अमेरिका स्थित न्यूजर्सीमा आयोजना भइराखेको गोल्डेन डोर इन्टर नेसनल फिल्म फेस्टिवल अफ जर्सी सिटी नामक ‘अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा चयन भएको छ ।

    म्युजिक भिडियो चयनले अहिले अमेरिका(क्यानडामा सांगीतिक भ्रमणमा रहेका रामकृष्ण ढकाललाई सांगीतिक यात्रामा अर्को खुशी थपिएको छ । यस प्रतियोगितामा रामकृष्णको उक्त गीतसँगै झन्नै १०० मुलुकका म्युजिक भिडियोहरु छानिएका छन् । नेपालबाट उक्त एकमात्र म्युजिक भिडियो चयनमा परेको हो ।

    हालै साझा प्रकाशनबाट ‘चराको गीत’ नामक चर्चित कविता संग्रह प्रकाशन गरेका चर्चित साहित्यकार कृसु क्षेत्रीको पुरानो गजललाई आधुनिक संगीतको स्वादमा तयार गरिएको यो गीत गायक तथा संगीतकार हिमाल सागरको रचनामा तयार भएको थियो भने उक्त म्युजिक भिडियोको निर्देशन युवा निर्देशक बिक्की पुलामी खडगले गरेका छन् ।

    मानवीय जीवनको सफलता असफलता आरोह अवरोहलाई उल्लेख गरिएको यो गीत सुगम संगीतका श्रोताहरुले निकै रुचाएको समेत पाइएको छ । आगामी २० सेप्टेम्बरदेखि २३ सेप्टेम्बर सम्म चल्ने यो प्रतियोगितामा रामकृष्ण ढकालको गीत सम्मानित भएमा अन्तर्राष्ट्रिय सम्मान पाउने पहिलो नेपाली म्युजिक भिडियोसमेत हुने छ ।

    आफ्नो म्युजिक भिडियो चयन भएकोमा युवा निर्देशक बिक्की पुलामी खडगले हर्षित हुँदै आफूलाई अत्यन्त गर्वको अनुभूति भएको र यो भिडियो अन्तर्राष्ट्रिय सम्मानबाट पुरस्कृत हुने आशा समेत रहेको बताए ।

    रामकृष्ण ढकालले गाएको उक्त गीतको म्यजिक भिडियोको लिंक यहाँ प्रस्तुत छ ।

    Facebook comments

    Social Media

    आठ कक्षा फेललाई PHD को नक्कली उपमा भिराय भन्दैमा विश्वमै बहादुर सेना कहलियको नेपाली सेनाको अवमुल्यन गर्दै बिदेशी सेनालाई प्रबेश दिनु कहाँको स्वाभिमान र कताको राष्टबाद हो???

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार