समीर र अविदको ‘समीर’ लोकर्पण

म्यूजिक खबर
प्रकाशित: ६ माघ २०७०, सोमबार

काठमाडौं, २७ पौष । गीतकार समीर आचार्यद्वारा रचित एवं संगीतकार अविदको एकल संगीतमा सजिएको गीतिसंग्रह ‘समीर’ लोकर्पण गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी गीतिसंग्रह समीर लोकार्पण गरिएको हो । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा आयोजना गरिएको उक्त कार्यक्रममा गीतकार समीर आचार्य, संगीतकार अविदलगायतले संयुक्त रुपमा समीरको लोकार्पण गरिएको हो ।
कार्यक्रममा गीतकार लय संग्रौला, गीतकार भावेश भुमरी, सङ्गीतकार अविद तथा प्रमुख अतिथिले शुभकामना मन्तव्य दिएका थिए । सहयोगी युवा क्लव, कोटेश्वरले आयोजना गरेको सो कार्यक्रममा म्युजिक खबर डट कमका अध्यक्ष सुमन बैरागी, सङ्गीतकार सन्तोष श्रेष्ठ, चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्तिप्रिय, गीतकार हेमन्त विवश, रेकर्डिस्ट मित्र लामा, एरेन्जर कुमार थापा आदिको उपस्थिति रहेको थियो । चर्चित सञ्चारकर्मी हेम सुवेदीले सञ्चालन गरेको सो कार्यक्रममा गायक विश्व नेपालीले गीत गाएर सुनाएका थिए । कार्यक्रम सहयोगी युवा क्लवका अध्यक्ष बैजहरी भट्टराईको अध्यक्षतामा भएको थियो ।
समीर गीतिसंग्रहमा खुशी मागेँ, आँसु झारी, रोजाइमा, फर्की आउँछु जस्ता ५ वटा गीतहरु समावेश गरिएको छ । अन्जु पन्त, प्रमोद खरेल, मिलन अमात्य, स्वरुपराज आचार्य, विश्व नेपालीको स्वर समावेश गरिएको छ । सुरप्रभा गीत संगीत प्रा.लि.ले गीतिसंग्रह समीरको बजार प्रबद्र्धन गरेको हो ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु