युनानाले गर्ने भयो अमेरिकामा सत्य–स्वरुप साँझ

म्यूजिक खबर
प्रकाशित: २४ श्रावण २०७५, बिहीबार

२४ साउन, काठमाडौं । अमेरिकाको चार्लोसभिल भर्जिनियामा ‘बृहत नेपाली कलाकार संघ, उत्तर अमेरिका (UNAANA) ले यहि शनिबार अगस्त ११ तारिखको साँझ ख्यातिप्राप्त गायकद्वय सत्य–स्वरुपको एकल साँझ गर्ने भएको छ । नेपाली सुगम संगीतका ख्यातिप्राप्त गायकद्वय स्वरुपराज आचार्य र सत्यराज आचार्यको सांगीतिक साँझ चार्लोसभिलमा आयोजना गर्न लागेको जानकारी युनानाका केन्द्रिय उपाअधक्ष एवं चलचित्र निर्देशक दिनेश कार्कीले दिएका छन् ।


कार्यक्रमको व्यवस्थापन अन्तिम चरणमा पुगी सकेको टेस्ट अफ ईन्डियाका प्रोप्राईटर एवं कलाकार उज्ज्वल खड्काले जानकारी दिए । कार्यक्रममा सुबास महर्जनको पनि महत्वपुर्ण भूमिका रहेको छ । यस कार्यक्रममा चार्लोसभिल नेप्लिज एसोसिएसनको सहयोगी भूमिका रहनेछ भने यो सांगीतिक कार्यक्रमबाट उठेको रकम श्रष्ठाहरुलाई दिई बाँकी बचेको रकम युनानाको आपतकालीन कोषमा राखिनेछ र उक्त रकमबाट नेपाली श्रष्टा र संस्कृतिमा लगानी हुने कुराको जानकारी युनानाको केन्द्रिय सचिवालयले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु