गायिका शान्ति सुनारको सर्बोकृष्ट लोकदोहोरी “मनपरेको डालीको फुल” भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: १५ कार्तिक २०७५, बिहीबार

आर पोखरेल , काठमाडौ, कात्र्तिक १५ ।

    • गायक भिम लोहार , रोहित श्रेष्ठ र गायिका शान्ति सुनारको बर्षकै सर्बोकृष्ट भाकामा रहेर तयार पारिएको गीत ”मनपरेको डालीको फुल” गीत आज बाट बजारमा आएको छ । प्रेमका सर्वोकृष्ट भावहरुलाई कलात्मक तथा मौलिक रुपमा गीतमा जिवन्तता दिइएको छ । गीतमा आफनी मायालुले विभिन्न बाध्यताबाट अर्काको सिउदोमा सिन्दुर लगाउनु पर्दाको पिडालाई गीतमा निकै मार्मिक रुपमा समेटिएको छ ।

 

    • भिम लोहारको शब्द तथा शिव हमालको मौलिक लय सिर्जनामा गीत तयार पारिएको छ । निकै उत्कृष्ट रुपमा संगीत संयोजन कमल सौरागले गरेका छन । दुर्गा पौडेलको छायाँकन , विष्णु शर्माको सम्पादन , बावुराम बोहराको निर्देशन भिडियोमा रहेको छ । “मनपरेको डालीको फुल” गीतमा विमल अधिकारी र सवि श्रेष्ठको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु