७ वर्षदेखि प्यारालाईसिस रोगबाट पिडित लोकगायक बुद्धिकृष्ण लामिछानेलाई सहयोग !

म्यूजिक खबर
प्रकाशित: ३० श्रावण २०७५, बुधबार

श्रावण २९, काठमाडौं । लोकगायक बुद्धिकृष्ण लामिछाने विगत ७ वर्षदेखि प्यारालाईसिस रोगबाट पिडित छन् । ६३ वर्षिय लोकगायक लामिछानेको स्वास्थ्य स्थिति यस्तो अवस्थामा भईरहँदा केही सहयोगका हातहरु भने अघि बढेका छन् । त्रि. वि भन्सार कार्यालय अन्तर्गतको नेपाल भन्सार एजेन्ट संघको मार्फत लोकगायक शिवनारायण जोशी पहलमा उठेको र लोकगायक धु्रवराज खड्का, दोहोरी गायिका पम्फा थापामगर र गोविन्द प्रसाद अधिकारीको सहयोग सहित जम्मा भएको ३६ हजार २ सय ४५ रुपैँया हालै लामिछानेलाई उनको घरमै पुगेर प्रदान गरिएको छ ।

यस अघि संगीतकार संघ नेपाल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, प्रस्तोता समाज लगायतका संस्थाले पनि उनको स्वास्थ्य उपचारमा सहयोग गरेका थिए । संगीतकार संघ नेपालले त १ वर्ष सम्मको लामिछानेको औषधी उपचार खर्च संस्था मार्फत बेहोरको थियो ।


गायक हिरण्य भोजपुरेको प्रेरणाले यस क्षेत्रमा प्रवेश गरेका उनले वि.स. २०३६ सालदेखि रेडियो नेपालमा गीत गाउन थालेका थिए । उनका घाँस काट्ने खुर्केर, पर्नुप¥यो पीर, पिँढीमा बसेर, बाखरी बाखरी, होस गर मायालु, एउटा थाप्लो दुईटा नाम्लो लगायतका गीत चर्चित छन् ।

हाल चाँगुनारायण न. पा. ७ मुहानपोखरी (पहिला वागेश्वरी ३ भक्तपुर) मा बस्दै आएका लामिछानेको स्वास्थ्य उपचार गर्न परिवारलाई धेरै गाह्रो परिरहेको छ । नेताको उपचारका लागि अघि सर्ने सरकारका लागि यी श्रष्टा कोही होईनन त आखिर ? नेपाली संगित आकाशलाई ठुलो योगदान पु¥याएका लामिछानेको स्वाथ्य उपचारका लागि सरकारको तर्फबाट पनि सहयोग हुन जरुरी छ । सबैको सानो प्रयास नै उनको लागि ठुलो हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु