यसरी गर्दैछन् सुनिता र प्रकाशले ‘तिहारको रमाइलो’

म्यूजिक खबर
प्रकाशित: ११ कार्तिक २०७५, आईतवार

काठमाडौं । तिहारमा रमाइलो गर्ने तरिका आ–आफ्नै हुन्छ । कोही जुवातासमा व्यस्त होलान् त कोही गाउने नाच्ने, खाने पिउनेमा रमाइलो गर्लान् । गायिका सुनिता दुलाल र गायक प्रकाश सपुतले भने अलि फरक तरिकाले तिहारको रमाइलो गर्ने भएका छन् ।
तिहारको पूर्वसन्ध्यामा गायिका सुनिता दुलाल र गायक प्रकाश सपुत तिहार गीत लिएर आफ्ना स्रोता र दर्शकमाझ आएका हुन् ।

‘उज्यालो तिहार…’ बोलको गीतको शब्द तथा संगीत प्रकाश सपुत स्वयम्को हो । स्वरमा भने दुलाल र सपुतलाई, डिबी गुरुङ, अर्जुन सुनम र टिका पुनले साथ दिएका छन् ।

गीतको भिडियोमा गायक गायिका आँफै फिर्चड छन् भने साथमा लक्ष्मी गिरी, शुरवीर पण्डित, सुवर्ण दुलाल थापा, राजेश कार्कीलगायतका कलाकार छन् । कोरियोग्राफी पुष्कर विवेक थापाले गरेको भिडियो मधुर बस्नेतले खिचेका हुन् । प्रवीन भट्टले सम्पादन गरेको भिडियो निर्देशन देबेन्द्र बब्लुले गरेका हुन् ।

देउसी–भैलो गीत मौलिक लयमा छ । १६ मिनेट लामो गीतले नेपाली मौलिक पनलाई समेटेको छ । “तिहारमा सधैँ सबैले गाउने र गुनगुनाउने खालको गीत हामीले ल्याएका छौं,” गायिका दुलालले भनिन्, “तिहारको मौलिक परम्परालाई समेट्नु गीतको मुख्य लक्ष्य हो । गीत सुन्दा र भिडियो हेर्दा पनि स्रोता तथा दर्शक आफैले मूल्यांकन गर्न सक्नुहुन्छ ।”

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु