पाँचौं तीज म्यूजिक अवार्ड: सहिमा उत्कृष्ट तीज गायिका, माइतीको आँगन उत्कृष्ट तीज गीत

म्यूजिक खबर
प्रकाशित: २५ भाद्र २०७५, सोमबार

२५ भदौ, काठमाडौं । पाँचौं छायाँछवि तीज म्यूजिक अवार्ड २०७५ मा गायिका सहिमा श्रेष्ठ उत्कृष्ट तीज गायिका बन्न सफल भइन् भने गायिका मन्जु पौडेलको गीत माइतीको आँगनी उत्कृष्ट तीज गीत बन्न सफल भयो । छायाँछवि क्रियशनको आयोजनामा सम्पन्न भएको उक्त अवार्डमा विभिन्न ३१ विधामा अवार्ड प्रदान गरिएको थियो । पछिल्लो समय तीज गीतहरु मौलिकताभन्दा बढी व्यवसायिक बन्दै गरेको अवस्थामा अवार्डले मौलिकतातर्फ उन्मुख गराउन सफल भएको दाबी गर्दै अवार्डका अध्यक्ष शान्तिप्रियले गीतसंगीतका स्रष्टालाई सम्मान र प्रोत्साहनका लागि यो अवार्ड उदाहरणीय बनेको बताएका थिए । अवार्डमा सहिमा श्रेष्ठ, शर्मिला गुरुङ, चन्द्र चलाउने र लीला कुँवर, जमुना आचार्य र गोकर्ण रानामगरको गायन प्रस्तुति रहेको थियो भने श्रीराज इन्टरटेनमेन्टको समूह एवं विक्रम चौहान र टीका जैसीको समूहले नृत्य प्रस्तुत गरेका थिए ।

सोही अवसरमा रंग पत्रकार जयन सुब्बा मानन्धरलाई छायाँछवि रंग पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको थियो ।

तीज गीत चुम्ने विधाहरु यस प्रकारका छन्ः

सर्वोत्कृष्ट तीज दोहोरी गीत मिक्सिङ 

श्यामश्वेत रसाइली: धनगढी थर्काउने

सर्वोत्कृष्ट तीज गीत मिक्सिङ 

कुमार राना मगर:  माइती देश सम्झेर

सर्वोत्कृष्ट तीज गीत एरेञ्जर 

झलक संगीतम् : माइतीको आश

सर्वोत्कृष्ट तीज दोहोरी गीत एरेञ्जर

सुदिप सागर:  कोरियन सारी

सर्वोत्कृष्ट तीज दोहोरी नव–गायक 

राम गोपाली : भदौरे झरी

सर्वोत्कृष्ट तीज दोहोरी नव–गायिका

अमृता श्रीपाल: खैनीले

सर्वोत्कृष्ट तीज गीत नव–गायिका

बीना भट्टराई:  स्वामी ज्यू

सर्वोत्कृष्ट तीज दोहोरी गीत मोडल (पुरुष) 

निर्मल क्षेत्री : एउटा जरुरी कुरा छ

सर्वोत्कृष्ट तीज दोहोरी गीत मोडल (महिला)

आरुषी मगर:  चुरीया छैं छैं

सर्वोत्कृष्ट तीज गीत मोडल 

दीपाशा विसी :  कति राम्रो

सर्वोत्कृष्ट तीज गीत छायाँकार 

करण चैसीर : जान्न फर्केर

सर्वोत्कृष्ट तीज गीत सम्पादक 

वीरेन्द्र भाट विपीन : यतै घमाइलो

सर्वोत्कृष्ट तीज गीत युगल मोडल 

दीपाशा विसी/टीका जैशीः माइती देश सम्झेर

सर्वोत्कृष्ट तीज गीत नृत्य निर्देशक

नारायण रीजाल : पाइन्ट लगाउ की सारी

सर्वोत्कृष्ट तीज दोहोरी गीत भिडियो निर्देशक

राजीव बलामी : छड्के तिलहरी

सर्वोत्कृष्ट तीज गीत भिडियो निर्देशक 

विक्रम चौहान : दिदी बहिनी

सर्वोत्कृष्ट तीज दोहोरी गीत शब्द 

शिव हमाल : छम्म छम्म्

सर्वोत्कृष्ट तीज गीत शब्द

कस्तुप पन्त : चेलिको आँशु

सर्वोत्कृष्ट तीज दोहोरी गीत लय 

रामु खड्का : भदौरे झरी

सर्वोत्कृष्ट तीज गीत लय

हरि विष्ट : माइती देश सम्झेर

सर्वोत्कृष्ट तीज युगल नव गायन

इन्दिरा रजक/अनीता कुँवर : दीदी बहिनी

सर्वोत्कृष्ट तीज गीत गायन मोफसल

कल्पना कुसुम : संगीनी

सर्वोत्कृष्ट तीज सामाजिक गीत

धर्मराज गीरी :नौ डाँडा पारी

सर्वोत्कृष्ट तीज युगल गीत

लीला कवंर/चन्द्रा चलाउने : सौता –२

सर्वोत्कृष्ट तीज दोहोरी गीत कम्पनी

गोरखा चौतारी म्यूजिक प्रा.लि.

सर्वोत्कृष्ट तीज गीत कम्पनी

रक्षा म्यूजिक प्रा.लि.

सर्वोत्कृष्ट तीज दोहोरी गीत गायक

अमृत खाती : नाचौ घुमी घुमी

सर्वोत्कृष्ट तीज दोहोरी गीत गायिका

उमा श्रेष्ठ : भाइरल

सर्वोत्कृष्ट तीज गायिका

सहिमा श्रेष्ठ : पहिलो नम्बर सुन

सर्वोत्कृष्ट तीज दोहोरी गीत

जमुना आचार्य/गोकर्ण राना मगरः छड्के तिलहरी

सर्वोत्कृष्ट तीज गीत

मञ्जु पौडेल : माइतीको आँगन

पब्लिक च्वाइस अवार्ड (गायक)

सन्तु थापा : चन्दनै चन्दनै

जुरी अवार्ड (एरेञ्जर)

कृष्ण पुन :पहिलो नम्वर सुन

क्रिटिक्स अवार्ड (लय)

विशाल ढकाल : डोली चढियो

इन्करेजमेन्ट अवार्ड (शब्द)

सबिता पोखरेल : माइतीको आँगनी

इन्करेजमेन्ट अवार्ड (नव–गायिका)

सरु थापा मगर : मायाँकै पिर बरी लै

इन्करेजमेन्ट अवार्ड (नव–गायिका)

स्मृति गौतम : नाचौं घुमी घमी

पपुलर सिंगर अफ दि इयर

श्रीदेवी देवकोटा : झल्को

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु