बबिताको ‘जान्छु माइत तीज आयो बरिलै’

म्यूजिक खबर
प्रकाशित: २६ असार २०७५, मंगलवार

२६ असार, काठमाडौ । नारीहरुको महानपर्व तीज दिनानुदिन नजिकिने क्रम जारी छ । यसै सन्दर्भमा भर्खरैमात्र ‘तीज आयो बरिलै’ एलबममा समेटिएको गीत “जान्छु माइत तीज आयो बरिलै” को भिडियो सार्बजनिक भएको छ ।

 

“जान्छु माइत तीज आयो बरिलै” म्यूजिक भिडियोलाई राजधानीकै एक विशेषस्थानमा विशेष कार्यक्रमकावीच विन्दवासिनी म्यूजिक युट्यूव च्यानेल मार्फत सार्बजनिक गरिएको हो ।

जुन भिडियो गीत गायिका बविता सिटौलाको दमदार स्वरले सजिएको छ । त्यस्तै भिडियोमा चलचित्र क्षेत्रकै बहुआयामिक सुवासिली अभिनेत्री शुभेच्छा थापाकोसाथमा दीपाको आगो बाल्ने नृत्य रहेको छ ।

 

यस म्यूजिक भिडियोको निर्माता विनोद सीटौला हुन् । जसमा लय शब्द सूरज अधिकारीको रहेको छ भने छायांकनमा जीवन पराजुली, कोरियोग्राफरमा अनिल राई र सम्पादनमा विनोद बम छन् ।

विन्ध्यबासिनी म्यूजिकको प्रस्तुतीमा तयार गरिएको यस म्यूजिक भिडियोको पोष्ट प्रोडक्शन भने राजु गिरी प्रोडक्शनमा भएको हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु