राजेन्द्र र अनुको “तीज आएको बेला” (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २५ असार २०७५, सोमबार

असार २५, काठमाडौं । नेपाली नारीहरुको महान पर्व हरितालिका तीज आउन अझै केहि समय बाकीँ छ । तर पनि नेपाली लोक पारखी मनहरुमा आफनो आवाजमा रहेको गीत बजारमा ल्याएर मनोरञ्जन दिनको लागी नेपाली कलाकारहरुलाई चटारो छ । यसै क्रममा सुपारी म्युजिक प्रालीको प्रस्तुतीमा अनु राना मगर र ओम प्रकाश परियारको निकै रमाइलो तिजको गीत “तीज आएको बेला” बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

 गीतमा वियोगान्त भावहरु भन्दापनि स्वच्छ मनोरञ्जन दिनको लागी आफुहरुले निकै मेहनत गरेर गीत बजारमा ल्याएको गायिका अनु राना मगरले बताइन । गीतमा राजेन्द्र कडेँल र गायिका अनुराना मगरको आवाज रहेको छ ।

 जिवन प्याकुरेलको शब्द सिर्जना तथा राजेन्द्र कडेँलको मौलिक लय सिर्जना तथा विनोद बाजुरालीको एरेन्जमा निकै रमाइलो गीत बजारमा आएको हो ।s

 गीतको भिडियोलाई सुरेश श्रेष्ठले छायाँकन गरेका हुन भने प्रविन भटटले सम्पादन गरेका छन । गीतको भिडियोमा प्रकाश सपुत , अन्जली अधिकारी , उज्वल गीरी दानविरको नित्य रहेको छ । निकै राम्रो नित्य निर्देशन गर्ने काम भिडियो निर्देशक काजिश श्रेष्ठले गरेका हुन ।

 हेर्नुहोस भिडियो :

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु