लुकीलुकी गायिका टीकाको तिज गीत ‘म त नाच्ने हो’

म्यूजिक खबर
प्रकाशित: ३० असार २०७५, शनिबार

३० असार, काठमाडौं । नारीहरुको माहान चाड तिज नजिकिँदै गर्दा तिज गीतहरू पनि सार्वजनिक हुनेक्रम बढेको छ । यसै क्रममा गायिका टीका प्रसाईंको तिज गीत ’म त नाच्ने हो’ सार्वजनिक भएको छ ।

गायिका प्रसाईंको हालै सार्वजनिक ’माया लुकि लुकि’ बोलको गीतले युटुुबमा नेपाली गीतसङीतको अहिलेसम्म कै छोटो समयमा (३३ दिन) करोड दर्शक पाउन सफल भइसकेको छ । उनै गायिका प्रसाईंको ’माया लुकी लुकी’ पछिको अर्को रिलिज ’म त नाच्ने हो’ तिज गीत हो । यस गीतको शब्द गायिका टीका प्रसाईं र अमृता नेपालले संयुक्त रुपमा लेखेका छन् भने लय टीका प्रसाईं कै रहेको छ । गीतमा संगीत संयोजन आदेश गुर्मछानले गरेका हुन् ।

 

गायिका टीका प्रसाईंको यस अघि ’नाइँ मलाई थाहा छैन’, ’तिमी मलाई मन पर्छ’, ’चट्ट सलाम छ’, सेल्फिको जमाना, ’पहिलो भेटैमा’, ’तिमी भन्छौ भने’, ’नतोडन’, ’कान्छी रे’ जस्ता दर्जनौं गीतहरुले दर्शक श्रोताहरुको मन जित्न सफल भईसकेको छ ।

अस्ट्रेलियाको सिड्नी र वरपरिको मनमोहक दृश्यहरु छायांकन गरिएको ’म त नाच्ने हो’ गीतको म्युजिक भिडियोमा गायिका प्रसाईं र साथीहरूलाई देख्न सकिन्छ । गीतलाई भिमसेन गुरुङले कोरियोग्राफ गर्नु भएको छ भने सौरभ मानन्धरले छायाँकन गरेका हुन् । भिडियोलाई अस्ट्रेलियाकै डिजिटल भिडियो प्रोडक्सन (डि के. पि.) ले निर्देशन गरेका छन् । भिडियोलाई प्रबिन श्रेष्ठ र गम्भीरराज कर्निकारले सम्पादन र कलरिङ गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु