नेपालमा पहिलो पटक विभिन्न सौन्दर्य प्रतियोगिताका ताज बिजेताहरु एउटै र्याम्पमा !

म्यूजिक खबर
प्रकाशित: २ श्रावण २०७५, बुधबार

काठमाडौँ । पहिलो पटक नेपालमा विभिन्न सौन्दर्य प्रतियोगिताहरुमा बिजेता बनेका ताज बिजेताहरुलाई पेजेण्ट नेपालले एउटै र्याम्पमा उतारेर भब्य रुपमा फेशन शो सम्पन्न गरेको छ । १६ वटा विभिन्न सौन्दर्य प्रतियोगीताका ३४ जना उपाधी बिजेताहरु रहेको शो मा भारतको मिस्टर वेष्ट वंगाल २०१३ अनुज शर्मा समेतले भाग लिएका थिए । मिस नेपाल २००० उषा खड्गी तथा नायिका संचिता लुईटेल शोस्टपर्स रहेको फेशन शोमा प्रमुख अतिथी द हिडेन ट्रेजरका अध्यक्ष एवं मिस नेपाल आयोजक गोपाल सुन्दर लाल कक्षपतीको प्रमुख आतिथ्यमा शो सम्पन्न भएको थियो ।

पहिलो सिक्वेन्स टिशर्ट राउण्ड, दोश्रो क्रियटिभ डिजाईन विभिन्न वेष्टेज वस्तुबाट निर्मित पहिरनहरुको डिजाईन फेशन डिजाईनरमा ममता बस्नेत, ढाका डिजाईनमा फेशन डिजाईनर जानुका राई वेस्टर्न डिजाईनमा फेशन डिजाईनर सुमित रजकको डिजाईनमा तयार भएका आकर्षक डिजाईनले सम्पूर्ण उपाधी विजेता मोडलहरुले र्याम्प शो गरेका थिए भने दर्शकहरुलाइ आकर्षित समेत गरेका थिए । कार्यक्रममा करीब २५ जना ईभेन्ट अर्गनाईजरहरु समेत एकै साथ र्याम्पमा हिडेका थिए भने आफ्ना कम्पनीको प्रतिनिधित्व गरेका विजेतालाई स्वयं आयोजकले नै प्रमाण पत्र प्रदान गरेका थिए ।

अन्तिम राउण्ड तथा सवैभन्दा आकर्षक राउण्ड आफुले उपाधी जितेको समयमा पहिरेका पहिरन, स्यास तथा क्राउनमा उपस्थित भएका मोडलहरुले आफ्नो उपाधी बिजेता शो प्रस्तुत गरेका थिए । फेशन शो मा चर्चित कलाकारहरु जितु नेपाल, सुरेन्द्र केसी, हाहायोयो महादेव त्रिपाठी, यमन श्रेष्ठ, रिता केसीले आफ्नो प्रस्तुती दिएका थिए । करीव ५०० जतिको संख्यामा दर्शकहरु रहेका थिए । यल्लो प्यागोडा होटलमा भरिभराउ हलमा उभिएर हेर्ने दर्शकको संख्या समेत उल्लेख्य रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु