भाइरल जोडीको पहिलो गीत ‘बनाउ नेपाल’ लाई दर्शकको राम्रो प्रतिक्रिया ! हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: २५ कार्तिक २०७५, आईतवार
नेपालको भाइरल जोडीको पहिलो गीत बजारमा आएको छ । भाईरल जोडी बखत बिष्ट र प्रतिभा चौधरीले लेखेको पहिलो गीत ‘बनाउ नेपाल’ बजारमा आएको हो । उनिहरुले लेखेको गीतलाई गायक कर्णराज गिरिले निकै आकर्षक पारामा आवाज भरेका छन् ।
गितमा गायकसँगै भाईरल जोडी बखत र प्रतिभाको पनि अभिनय रहेको छ । गायक कर्णराज गिरिले राष्ट्रभावले लिप्त रहेको गीत ‘बनाउ नेपाल’ मा आफ्नौ आवाज दिन पाउँदा धेरै खुसी लागेको बताए ।  उनले गीतमा जस्तै विदेशमा रहेका सारा नेपालीलाई नेपाल फर्कन आह्वान पनि गरेका छन् ।
त्यस्तै गीतका लेखक बखत बिष्टले गीतले विदेशमा रहेको नेपाली जनशक्तिलाई स्वदेश फर्कन आह्वान गरेको बताए । नेपाली युवा विदेश गएर नभई स्वदेशमै संघर्ष गरेमात्रै मुलुक समृद्धिको बाटोमा लम्कने उनको बुझाई छ । आगामी दिनमा पनि यस्तै गीतमा कलम चलाउने उनको भनाइ छ ।
पश्चिम नेपालका बखत र प्रतिभाले आपसमा विवाह गरेपछि यो जोडी अहिले संसारभर भाइरल भइरहेको छ । देश विदेशमा बस्ने धेरैले यो जाडीको प्रसंसा गरीरहेका छन् । उनिहरु अहिले काठमाण्डौमा बसेर संघर्ष गरीरहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु