‘वराङ्गना’ मार्फत साहित्यमा अभिनेत्री शोभिता

म्यूजिक खबर
प्रकाशित: ८ आश्विन २०७५, सोमबार

९ असोज, काठमाडौं । अभिनेत्री सोविता सिंखडा उपन्यास ‘वराङ्गना’ मार्फत साहित्य क्षेत्रमा उदाएकी छन् । पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, पत्रकार बबिता बस्नेत, पत्रकार तथा साहित्यकार डा.नवराज लम्साल लगायतको उपस्थितिमा उपन्यास वराङ्गना सार्वजनिक गर्दै अभिनेत्री सिंखडा साहित्य लेखनमा आरम्भ गरेकी हुन् ।
पत्रकार तथा सहित्यकार डा. नवराज लम्सालले सोविताको लेखन कला आफुले पत्याउनै नसक्ने रहेको बताए । ‘मैले अहिलेसम्म थुप्रै साहित्यकारको पुस्तक पढेको छु । तीमध्ये ४, ५ जनाको लेखन कलाबाट प्रभावित पनि छु ‘लम्सालले भने ‘त्यस्तो लेखक कला सोवितामा मैले भेटाए ।’ उपन्यासमा गरिबको कथा, दलितको कथाका साथै समाजका हरेक पात्रको कथा समेटिएको बताएका लम्सालले भने ‘पुस्तक पढ्न सुरु गरेपछि जो कोही पनि अन्त्यसम्म पुगेर छोड्छ ।’

पत्रकार बबिता बस्नेत, दलित आयोगका सिताराम घले परियार लगायतले उपन्यासको बिषय र प्रस्तुतिका बारेमा आफ्नो धारणा राखेका थिए । पुस्तक सरल भाषामा भएकोले लजो कोहीको लागि पनि उपयुक्त हुने उनीहरुको भनाई थियो । उपन्यास दलितहरुका लागि पनि लक्षित भएको उनीहरुले बताएका थिए ।
कार्यक्रममा पूर्व प्रम चन्दले सोविताको उपन्यसमा गाउँको परिवेश, समाजको भेदभाव र मानव द्वन्द्वका कारण सहज तरिकाले उपन्यासमा उतार्न सफल भएको बताए । ‘कला संगीत र साहित्यका लागि कमलो मन आवश्यकता पर्दछ’ चन्दले भने ‘म त्यसैले पनि महिला लेखकको किताव पढ्ने गरेको छु ।’ सोविताले उपन्यास मार्फत भाइचारको सम्बन्ध बनाउन समेत सन्देश दिएको आफुले पाएको बताएका चन्दले उपन्यास सबैका लागि उपयुक्त रहेको सुनाए ।
लेखिका सोविताले आफुले जीवन यात्रा अगाडि बढाउने क्रममा भोगेका , भेटेका र देखेका बिषयनै उपन्यासमा समेटेको बताइन् । भनिन् ‘मेरो पहिलो प्रयास ‘वराङ्गना’मा केही कमी कमजोरी भए मलाई सुझाउनुहोला ।’
सोविताले आफ्नो ८४ बर्ष नाघेकी हजुरआमालाई सभापति बनाउँदै उपन्यास विमोचन गराएकी हुन् । ३ बर्ष अगाडि लेख्न सुरु गरेकी सोविताले बल्ल उपन्यास बजारमा ल्याउन सफल भइन् । कार्यक्रमलाई संचारकर्मी एवं शोभिताका पति निराजन भण्डारीले स्वागत गर्दै उनको लेखनकलाबाट आफू प्रभावित रहेको बताएका थिए ।
उनले धेरै कामहरु छोडेर यो उपन्यास लेखेकी हुन् । करिब एक दर्जन हाराहारीको चलचित्र अभिनय गरेकी सोविताको पछिल्लो समय ओसोमा आबद्ध भएर सन्यास कर्ममा छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु