• अनिताको दिलमा रामजीको इन्ट्रि, हेर्नुहोस् भिडियो !

    म्यूजिक खबर
    प्रकाशित: १४ जेष्ठ २०७५, सोमबार


    ज्येष्ठ १४, काठमाडौं । लोकप्रिय गायिका तथा संचारकर्मी अनिता चलाउनेको प्रस्तुतिमा “बिना प्रमिसन दिलमा इन्ट्री मार्यो मायाले”गीतको म्युजिक भिडियो हालै सार्बजनिक भएको छ ।

    अनिता चलाउनेको एल्बम रहेको उक्त गीतमा लोकप्रिय गायक तथा चर्चित मोडेल रामजी खाँण र अनिता चलाउने आवाज रहेको छ भने, शब्द घनश्याम रिजाल र संगीत भने रामजी खाँणको रहेको छ ।

    गायिका तथा संचारकर्मी अनिता चलाउनेको आफ्नै  युट्युब च्यानल बाट बजारमा ल्याएको उक्त गीतमा अभिनय पनि रामजी खाँणकै रहेको छ रामजी खाँणलाई चर्चित मोडेल रुबिना अधीकारीले साथ दिनु भयको छ ।

    झन्डै ५० जना कोरसमा तयार गरिएको म्युजिक भिडियो को निर्देशन मौसम हिमालीले गरेका छन् भने उक्त भिडियोको छायांकन दुर्गा पौड्यालले गरेका हुन् । एकता फिल्म्स प्राली ले दृश्य निर्माण रहेको उक्त भिडियोलाई चर्चित सम्पादक नबिन घर्ति मगर ले सम्पादन गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु