• अप्सराको मनसुन

    म्यूजिक खबर
    प्रकाशित: २० भाद्र २०७१, शुक्रबार

    काठमाडौं, २० भाद्र । गायिका हुन् अप्सरा घिमिरे, तर सुरुमा देख्ने र भेट्नेहरु ‘हिरोइन’ भन्ठान्छन् । नामजस्तै रुपमा अप्सरा सोलो एल्बम ‘मनसुन’ लिएर श्रोतासमक्ष आएकी छन् । अप्सराको यो पहिलो एल्बम हो, तर यसअघि नै उनले केही चलचित्रमा स्वर दिइसकेकी छन् । अप्सरा भन्छिन्, ‘एल्बम ल्याउनुअघि नै तीन÷वटा चलचित्रमा गाइसकेकी थिएँ, अहिले पनि चलचित्रहरुमा गाइरहेकी छु ।’
    एल्बम ‘मनसुन’ मा ६ वटा आधुनिक तथा पप गीत छन्, जसमा अप्सराको माधुर्य स्वर सुन्न सकिन्छ । यी गायिका आफूलाई ‘भर्सटायल’ गायिका मान्छिन् । उनी भन्छिन्, ‘म सबै किसिमका गीत गाउन सक्छु । त्यसैले आफूलाई भर्सटायल भन्न रुचाउँछु ।’ ‘मनसुन’ का गीत सुन्दा अप्सराको गायनमा उज्ज्वल भविष्य देखिन्छ । उदयपुरकी यी गायिका अहिले अध्ययनसँगै गायनमा करिअर खोज्दैछिन् ।
    अप्सराको एल्बमको दुइटा गीत योगेन्द्रमणी दाहाल, दुईटा गीत राजुबाबु श्रेष्ठ र एक÷एकवटा गीत सुनिल कोइराला र सुकबहादुर गुरुङले लेखेका छन् । कल्याण सिंह, कमल खत्री, हरि लम्साल, ताराप्रकाश लिम्बू र अर्जुन पोखरेलले संगीत गरेको यस एल्बमलाई म्यान हाटन म्युजिक प्रालिले बजारमा ल्याएको हो । एल्बमको शीर्ष गीतको म्युजिक भिडियो निर्माण गरी अहिले अप्सरा आफ्नो एल्बमको प्रमोसनमा छिन् । अप्सराले एल्म ल्याउनुअघि ‘ब्ल्याकनाइट’, ‘मेरो मनको साथी’, ‘लभ इज लाइफ’ र ‘वार’लगायतका चलचित्रमा गाइसकेकी हुन् ।

    Apsara-2

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु