• आँचलको फुलीमा पल किन लाग्यो लोभी नजर (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: १३ जेष्ठ २०७५, आईतवार

    १३ जेठ, काठमाण्डौ। नायक पल शाह नायिका आँचल शर्माको फुलीमा पल्केका छन् । गायक कमल किरणको नयाँ गीत ‘पल्केँ’को भिडियोमा पल(आँचल एकसाथ देखिएका छन् । गीतको भिडियोमा आँचलको पछि(पछि पल देखिएका छन् ।

     

    अचानक भेट हुँदा पल(आँचलको टकराव शूरु भएपछि पलले आफु आँचलको फुलीमा पल्केको बताईरहेको दृश्य भिडियोमा छ । विकास सुवेदीले भिडियो निर्देशन गरेका छन् । गीतमा एक नारायण भण्डारीका शब्द छन् भने आशिष अबिरलको संगीत छ ।

    गीतमा पल र आँचलको साथमा शाइनिङ्ग डान्स क्रुको नृत्य छ भने नृत्य निर्देशन अनुराग ठकुरीको हो । अनिल के। मानन्धरले छायांकन गरेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु