• आठौं डी सिने अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: ७ श्रावण २०७३, शुक्रबार

    यही श्रावण २९ गते पोखरामा हुन गईरहेको ’आठौं डि सिने अवार्ड २०७३’ को उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गरिएको छ । छाँयाछवी क्रियशनले विगत आठ वर्षदेखि आयोजना गर्दै आएको डी सिने अवार्ड २०७३ को आज पत्रकार सम्मेलन गरी उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गरिएको हो ।

    d cine award
    पहिलोपटक राजधानी बाहिर मोफसलको शहरमा गरिन लागेको यस अवार्डको तयारी भव्य रुपमा भइरहेको कार्यक्रमका अध्यक्ष शान्तिप्रयले बताएका छन् । विगतका वर्षहरुमा राजधानी केन्द्रित मात्रै रहने यस्ता अवार्ड कार्यक्रहरु मोफसलका शहरहरुमा पनि हुनु पर्ने आवश्यकता महसुस गरिएकाले यस वर्षवाट चलचित्र क्षेत्रको हव स्टेशन पोखरामा गर्न लागिएको कार्यक्रमका अध्यक्ष शान्तिप्रियले बताए ।

    d cine award pokhara
    त्यसै गरी कार्यक्रमकका निर्देशक प्रदिप उदयले कार्यक्रमलाई सफल बनाउनको लागि आयोजक कमीटि लागिपरेको बताएका छन् । यस प्रकारका अवार्डहरुले नेपाली चलचित्र क्षेत्रको विस्तारको लागि पनि उल्लेखनिय भूमिका खेल्नेमा आफु विश्वस्त रहेको बताए ।

    पोखरामा सम्पन्न हुने आठौं डि सिने अवार्ड कार्यक्रमा नेपालका चर्चित नायिक–नायिकाहरु, गायक– गायिकाहरु तथा थुप्रै सेलिव्रेटीहरुको सहभागिता रहने बताईएको छ । पोखरामा आयोजना हुन लागेको यस अवार्डलाई भव्य सभ्य रुपमा सफल बनाउँदै सांस्कृतिक पर्यटनलाई उच्च राख्दै चलचित्र उद्योगमा नयाँ डिजिटल अवार्डले नयाँ उचाइ कायम गर्ने अवार्डका स्थानिय संयोजक सोभित वत्स्यालले बताए । अवार्ड पोखराको ग्रान्ड होटलमा सम्पन्न हुन लागेको हो ।

    १. उत्कृष्ट पाश्र्व संगीत
    एलिस कार्की – वडा नं. ६
    जेशन कुंवर – पशुपति प्रसाद
    रामजी लामीछाने – लुटेरा
    शैलेन्द्र शाक्य – क्लासीक
    शैलेश  श्रेष्ठ – ड्रिम्स
    २. उत्कृष्ट वेष्ट आइटम डान्स
    इन्दिरा जोशी÷प्रियंका कार्की – लोकल व्युटी – फन्को
    नम्रता श्रेष्ठ – हे नम्रता – अर्धकट्टी
    प्रियंका कार्की – ब्लास्ट हुने वाला – लुटेरा
    मेनुका प्रधान – धाइ धाई – भैरव
    रीमा विश्वकर्मा – गाउँकी पार्वती – राहदानी
    ३. उत्कृष्ट द्वन्द्व निर्देशक
    एन. वि. महर्जन – फूलै फूलको मौसम तिमीलाई
    चन्द्र पन्त – ड्रिम्स
    वि.एस. वलामी – द सोल्जर
    हिमाल के.सी. – भैरव
    हिमाल के.सी. – लुटेरा
    ४. उत्कृष्ट नृत्य निर्देशक
    कविराज गहतराज – ओए ओए – अर्धकट्टी
    गोविन्द राई – मेरो लागी जोवन – चंखे शंखे पंखे
    रामजी लामीछाने – फूलै फूलको – फूलै फूलको…
    रेनेशा राई – म यस्तो गीत – प्रेमगीत
    शंकर विसी – सुर्के थैली – वडा नं. ६
    ५. उत्कृष्ट गीतकार
    अर्जुन पोखरेल – म यस्तो गीत – प्रेमगीत
    कृष्णहरी बराल – प्रकृतिका – क्लासीक
    कृष्णहरी बराल – म त अलपत्रै – प्रेमगीत
    दीनेश डिसी – फूलै फूलको – फूलै फूलको मौसम तिमीलाई
    विकाश आचार्य – उत्तरमा छन् है – नाई नभन्नू ल – ४
    ६. उत्कृष्ट गायिका
    अञ्जु पन्त – म यस्तो गीत…– प्रेमगीत
    अञ्जु पन्त – सुर्के थैली… – वडा नं. ६
    इन्दिरा जोशी – माग्ने बनायौ – नाइ नभन्नु ल –४
    मेलीना राई – सुनौलो हर दीन – क्लासीक
    सोमीया वराइलि – पिरतीको छाता – रेशम फिलीली
    ७. उत्कृष्ट गायक
    कालि प्रसाद बाँसकोटा – पिरतीको छाता – रेशम फिलीली
    युवराज चौलागाई – हारे हारे … – क्लासीक
    सुगम पोखरेल – म यस्तो गीत – प्रेमगीत
    स्वरुपराज आचार्य – म त अलपत्रै – प्रेमगीत
    राजेश पायल राई – फूलै फूलको… – फूलै फूलको मौसम तिमीलाई
    ८. उत्कृष्ट संगीतकार
    अर्जुन पोखरेल – प्रेमगीत
    कालि प्रसाद बाँस्कोटा – रेशम फिलीली
    राजन सिवाकोटी – वडा नं. ६ (सुर्के थैली..)
    वसन्त सापकोटा – अर्धकट्टी (तिम्रो फिगर..)
    शुरेश अधिकारी – फूलै फूलको मौसम तिमीलाई
    ९. उत्कृष्ट सम्वाद
    खगेन्द्र लामीछाने – पशुपति प्रसाद
    दीपकराज गीरी – वडा नं. ६
    निखील उप्रेति – भैरव
    विकाश आचार्य÷सामिप्य तिमील्सीना – नाइ नभन्नु ल ४
    सामिप्य तिमील्सीना – ड्रिम्स
    १०. उत्कृष्ट पटकथा
    अभिमन्यू निरवी – वडा नं. ६
    खगेन्द्र लामीछाने – पशुपति प्रसाद
    छेतेन गुरुङ – क्लासीक
    रामवावु गुरुङ÷उपेन्द्र सुब्बा – कवड्डी कबड्डी
    रामशरण पाठक – प्रेमगीत
    ११. उत्कृष्ट कथा
    दीपेन्द्र के खनाल – पशुपति प्रसाद
    निखील उप्रेति – भैरव
    पूजना प्रधान – चकलेट
    डब्बु क्षेत्री – राहदानी
    सन्तोस कुमार आत्रेय – धौली
    १२. उत्कृष्ट नव अभिनेत्री
    वर्षा राउत – नाई नभन्नु ल ४
    रोमी घिमिरे – क्लासीक
    शशी श्रेष्ठ – होस्टल रिटन्स
    साम्राज्ञी राज्यलक्ष्मी देवी शाह – ड्रिम्स
    स्वस्तिका खड्का – होस्टल रिटन्स
    १३. उत्कृष्ट नव अभिनेता
    आमेश भण्डारी – फूलै फूलको मौसम तिमीलाई
    पल शाह – नाइ नभन्नु ल ४
    प्रदीप बाँस्तोला – अर्धकट्टी
    शुशील श्रेष्ठ – होस्टल रिटन्र्स
    शुशील सिटौला – होस्टल रिटन्र्स
    १४. उत्कृष्ट नव निर्देशक
    निखील उप्रेती – भैरव
    भुवन के सी – ड्रिम्स
    प्रणव जोशी – रेशम फिलीली
    शिवम अधिकारी – सुश्री
    सुव्रत आचार्य – अर्धकट्टी
    १५. उत्कृष्ट हाँस्य कलाकार
    केदार घिमिरे – वडा नंं. ६
    टिकाभक्त जिरेल – क्लासीक
    दीपकराज गीरी – वडा नंं ६
    वील्सन विक्रम राई – अर्धकट्टि
    सिताराम कट्टेल – वडा नं. ६
    १७. उत्कृष्ट खलपात्र
    अनुप वराल – फन्को
    मुकुन्द थापा – लुटेरा
    मुरलिधर – भैरव
    विपिन कार्की – पशुपति प्रसाद
    सुनिल थापा – द सोल्जर
    १८. उत्कृष्ट चरित्र अभिनेत्री
    अरुणा कार्की – कवड्डी कवड्डी
    गीता अधिकारी – धौली
    दीपाश्री निरौला – वडा नं. ६
    लक्ष्मी गीरी – प्रेम गीत
    विद्या कार्की – राहदानी
    १९. उत्कृष्ट चरित्र अभिनेता
    अरुण रेगमी – रेसम फिलीली
    नीर शाह – वडा नंं. ६
    प्रकाश घिमिरे – पशुपति प्रसाद
    माउत्से गुरुङ – कवड्डी कवड्डी
    राजाराम पौडेल – सुश्री
    २०. उत्कृष्ट सम्पादन
    गौतम राज खड्का – वडा नं. ६
    दीर्घ खड्का – पशुपति प्रसाद
    वनिश शाह÷मिलन श्रेष्ठ – ड्रिम्स
    सुरेन्द्र पौडेल – क्लासीक
    सुरेन्द्र पौडेल – प्रेमगीत
    २१. उत्कृष्ट छायांकन
    पुरुषोत्तम प्रधान – नाई नभन्नु ल ४
    पुरुषोत्तम प्रधान÷सञ्जय लामा – ड्रिम्स
    मानकृष्ण महर्जन – फूलै फूलको
                 मौसम तिमिलाई
    राजेश श्रेष्ठ – क्लासीक
    राजेश श्रेष्ठ – प्रेमगीत
    २१. उत्कृष्ट सह अभिनेत्री
    अनु शाह – धौली
    अशिष्मा नकर्मी – अर्धकट्टी
    नन्दिता के सी – चंखे शंखे पंखे
    सुरविना कार्की – सुश्री
    हर्षिका श्रेष्ठ – लुटेरा
    २२. उत्कृष्ट सह अभिनेता
    कामेश्वर चौरसीया – रेशम फिलीली
    जीतु नेपाल – वडा नं. ६
    प्रमोद अग्रहरी – चंखे शंखे पंखे
    सलोन बस्नेत –लव सव
    शुशान्त कार्की – सपना तिम्रो मेरो
    २३. उत्कृष्ट अभिनेत्री
    केकी अधिकारी – फन्को
    नम्रता श्रेष्ठ – क्लासीक
    नीता ढुंगाना – फूलै फूलको
                 मौसम तिमीलाई
    पुजा शर्मा – प्रेमगीत
    प्रियंका कार्की – वडा नं. ६
    २४. उत्कृष्ट अभिनेता
    आर्यन सिग्देल – क्लासीक
    दयाहाङ राई – कबड्डी कवड्डी
    निखील उप्रेति – भैरव
    प्रदीप खड्का – प्रेमगीत
    सौगात मल्ल – फन्को
    २५. उत्कृष्ट निर्देशक
    उज्ज्वल घिमिरे – वडा नं. ६
    दीनेश राउत – क्लासीक
    दीपेन्द्र के खनाल – पशुपति प्रसाद
    रामबाबु गुरुङ – कबड्डि कबड्डि
    सुदर्शन थापा – प्रेमगीत
    २६. उत्कृष्ट चलचित्र
    क्लासीक – आर्यन सिग्देल÷सुवास
              इन्टरटेन्टमेन्ट
    ड्रिम्स – सुपर काजल फिल्मस्
    पशुपति प्रसाद – टुकी आर्टस
    प्रेमगीत – आसुसेन फिल्मस् प्रा.लि.
    वडा नं. ६ – आमा सरस्वती गीतादेवी फिल्मस्
    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु