• आफ्नै जन्मभूमिमा निरौलाको आरन

    म्यूजिक खबर
    प्रकाशित: १९ चैत्र २०७०, बुधबार

    काठमाडौं । निर्देशक मोहन निरौलाले जन्मभूमिमा आरान थापेर आफ्नो व्यवसायलाई अगाडि बढाएका छन् । आफ्नो पौरख, आफ्नो गौरव भनेजस्तै उनले जन्मभूमिमा आरान संचालन गरेर गाउँलेको लागि सेवा प्रदान गरिरहेका छन् । फलामको काम गर्ने आरानमा उनले गाउनेका हँसिया खुर्पा मात्र होइन जन्मभूमिप्रतिको कर्तव्यबोध पनि गराएका छन् । तर निरौलाले साँच्चिकै आफ्नै जन्मभूमिमा आरान थापोका भने होइनन् चलचित्र जन्मभूमिमा आरान थापेर आफ्नो भूमिकालाई सबल बनाएका मात्र हुन् ।
    सिन्धुलीको झाँगाझोलीमा यतिखेर चलचित्र जन्मभूमिको छायाँकन कार्य भइरहेको छ । १८ वर्षपछि पुनः जन्मभूमिको निर्देशन गर्दै मोहन निरौलाले अब राष्ट्रियता र नारी हकअधिकारको पक्षमा वकालत गर्ने भएका छन् । चलचित्रमा आफ्नो माटोप्रतिको माया र कर्तव्यलाई बोध गराउन खोजिएको छ । चलचित्रलाई सुरज गिरीले निर्माण गर्न लागेका हुन् । चलचित्रको कास्टिङ डाइरेक्टरको रुपमा शान्तिप्रिय रहेका छन् भने विश्व घिमिरे यस चलचित्रका क्रियटिभ डिजाइनरका रुपमा रहेका छन् । त्यसै एसिस्टेन्ट डाइरेक्टरको रुपमा भने निशा शाह रहेकी छिन् । चलचित्रको सहनिर्माता सुन्दर पाण्डे हुन् ।
    चलचित्रमा विनोद श्रेष्ठ, निष्मा घिमिरे, जेविका कार्की, अनु शाह, उत्तम केसी, मोहन निरौला लगायतको अभिनय रहेको छ भने यस चलचित्रमा बाल कलाकारको रुपमा सौगात विष्टले अभिनय गरिरहेका छन् । चलचित्रमा रमेश खड्काको संगीत रहेको छ भने दीपक लिम्बु, दुर्गा परियार, रामचन्द्र काफ्ले, जुनु रिजाल काफ्लेले स्वर दिएका छन् । यस चलचित्रमा चेतन कार्की र शान्तिप्रियले यस चलचित्रको गीत लेखेका हुन् । चलचित्रको नृत्य निर्देशन शंकर बिसीले गरिरहेका छन् भने चलचित्रले मुलतः राष्ट्रबोध गराउने आशा गरिएको छ ।

    janmabhumi14

    janmabhumi13

    janmabhumi12

    janmabhumi11

    janmabhumi10

    janmabhumi9

    janmabhumi8

    janmabhumi7

    janmabhumi6

    janmabhumi5

    janmabhumi4

    janmabhumi3

    janmabhumi2

    janmabhumi1

    janmabhmi

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु