• इशाको पहिलो माया सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: ९ श्रावण २०७१, शुक्रबार

    काठमाडौं, १० साउन । गीतकार ईशा लावतीको पहिलो माया सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी वरिष्ठ गीतकार रत्नशमशेर थापा र साहित्यकार बैरागी काइँलाको हातबाट पहिलो मायाको सार्वजनिक गरिएको हो । जुझारु म्यूजिक प्रालिका अध्यक्ष एवं प्रबन्ध निर्देशक भानेन्द्र कुमार लिम्बूको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा गीतकार नेपाल प्रतिलिपी अधिकार राजिष्ट्रारको कार्यालयका रजिष्ट्रार बिसु कुमार केसी, गीतकार संघ नेपालका अध्यक्ष योगेन्द्रमणी दाहाल, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, प्रस्तोता समाज नेपालका उपाध्यक्ष हेमन्त शर्मा, नेपाल संगीतकार संघका महासचिव महेश खड्कालगायतका गीतसंगीत क्षेत्रका व्यक्तित्वहरुको उपस्थितिमा पहिलो मायाको लोकर्पण गरिएको हो ।
    उक्त कार्यक्रममा जुझारु म्यूजिकको तर्फबाट गीतकार विपिन किरणले स्वागत मन्तव्य दिँदै जुझारु म्यूजिक स्थापनाका बारेमा प्रस्ट पारेका थिए । गीतसंगीतको बजार खस्किरहेको भन्ने आरोप खेपिरहँदा अझै गीतसंगीत उद्योगमा क्रियाशील रही हक अधिकारका लागि लड्दै नयाँ भन्दा नयाँ गीतसंगीतको प्रकाशन गर्नका लागि जुझारु म्यूजिक स्थापना भएको उनले बताएका थिए । त्यस्तै गीतकारका तर्फबाट ईशा लावतीले आफ्नो मन्तव्य राखेकी थिइन् भने प्रस्तोता समाजका उपाध्यक्ष गायक हेमन्त शर्मा, वरिष्ठ गीतकार रत्नशमशेर थापा, प्रमुख अतिथि बैरागी काइँला, साहित्कार टंक सुब्बा, सांगीतिक संघका सचिव सन्तोष श्रेष्ठलगायतले शुभकामना प्रदान गरेका थिए ।
    कार्यक्रममा गायिका श्रेयसी चेमजोङ लिम्बूले दुईवटा गीत गाएर सुनाएकी थिइन् भने जलिसक्यो दिल मेरो गीतको म्यूजिक भिडियो पनि देखाइएको थियो । त्यस्तै एल्बम प्रकाशनमा ल्याउन सहयोग पु¥याउने एवं एल्बममा प्रत्यक्ष रुपमा समावेश भएका स्रष्टाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
    एल्बममा ८ वटा गीतहरु समावेश गरिएको छ । जसमा हिंडु भन्छु छैन बाटो, आँसु झारेँ धेरै धेरै, जलिसक्यो दिल मेरो, पहिलो माया हो हाम्रो, निष्ठुरीले हाँसी हाँसी, तिमी त साहैै्र बैगुनी रैछौ जस्ता गीतहरु समावेश गरिएका छन् । जसमा लक्ष्मण शेष, महेश खड्का, मनोज चौलागाईं, वसन्त सापकोटा, राजु सिंह, अशोक लोहोरुङ राईको संगीत रहेको छ । उक्त गीतहरुमा श्रेयसी चेमजोङ लिम्बू, प्रमोद खरेल, शिव परियार, दिपक लिम्बू, अन्जु पन्त, रीमा गुरुङको स्वर समावेश गरिएको छ । एल्बम पहिलो मायालाई जुझारु क्रियशनले बजार प्रबद्र्धन गरेको छ ।

    first love_musickhabar.com (15) first love_musickhabar.com (14) first love_musickhabar.com (13) first love_musickhabar.com (12) first love_musickhabar.com (11) first love_musickhabar.com (10) first love_musickhabar.com (9) first love_musickhabar.com (8) first love_musickhabar.com (7) first love_musickhabar.com (6) first love_musickhabar.com (5) first love_musickhabar.com (4) first love_musickhabar.com (3) first love_musickhabar.com (2)

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु