काठमाडौँ । सानै देखि कलाकारिता क्षेत्रमा अत्यन्त रुची राख्ने ऋतु बोहराको चाहना यतिखेर अवार्ड चुम्ने देखिन्छ । बिन्ध्यबासिनी म्युजिक अवार्ड २०७३ का लागि सर्वोत्कृष्ट म्युजिक भिडियो मोडलतर्फ नोमिनेशनमा परेपछि उनी सबैलाई भोटिङ गराएर जिताउनका लागि अनुरोध गरिरहेकी छन् । उनका बाबु संचारकर्मी राजु बोहरा र गायिका काब्य आचार्यद्वारा स्वरबद्ध एवं रमेश श्रेष्ठ र नवराज गौतमको संयुक्त प्रस्तुति “छुट्यो माया जाल” लोक दोहोरी गीतमा ऋतुले मोडलिङमा प्रवेश गरेकी थिइन् । एल्बमका प्रस्तुतकर्ता रमेश श्रेष्ठले अफर गरेपछि उनले आफ्नो कलाकारिता यात्राको सुभारम्भ गरेकी हुन् । उनलाई आफ्नो उमेर सानो र आफ्नो जोडीको रुपमा यस भिडियोको लागि दुर्गेश थापा सुहाउने भन्दै बिन्ध्यबासिनी म्युजिक प्रालिका प्रबन्ध निर्देशक सुबाश रेग्मीले दुर्गेश थापा छनोट गरेका थिए ।
सोहि जोडीद्वारा अभिनित “छुट्यो माया जाल” यस गीतको म्युजिक भिडियो छोटो समयमा नै अशंख्य दर्शकहरुले मन पराएको कारण अहिले पनि उनी सर्वोत्कृष्ट मोडल दोहोरीको उत्कृष्ट पाँचभित्र पर्न सफल भएकी हुन् । ऋतु बोहरा र दुर्गेश थापाको जोडी बिन्ध्यबासिनी म्युजिक अवार्डको परेपछि उनी हौसिएकी छिन् । उनले लक्ष्मी न्यौपानेद्वारा स्वरबद्ध “न्याउली चरी” बोलको गीतको म्युजिक भिडियोमा समेत अभिनय गर्ने अवसर पाइन् भने यस बर्षको तिजको गीत “किन आएनन्” बोलको गीतको म्युजिक भिडियोले पनि उनलाई उचाइमा पु¥याएको छ । उनी बिगत लामो समयदेखि रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको हरेक शनिबार बेलुकी ५ बजे प्रसारणमा आउने कार्यक्रम बालप्रतिभा कि संचालिका समेत हुन् । उनी सोहि रेडियोका कार्यक्रम संयोजक राजु बोहरा कि छोरी हुन् । यतिबेला उनी आफुले अभिनय गरेको पहिलो म्युजिक भिडियोले नै यति धेरै सफलता प्राप्त गरेकोले सबैसँग अवार्डमा उत्कृष्ट बनाउनका लागि अनुरोध गरिरहेकी छिन् ।
सिन्धुपाल्चोक टेकान्पुर – ८ स्थायी घर भएकी ऋतु बोहराको लक्ष्य सफल कलाकार बन्ने नै रहेको छ । सर्वोत्कृष्ट मोडल दोहोरीतर्फ ऋतु बोहरा र दुर्गेश थापालाई भोट गर्नका निमित्त BMA< space> 29A टाइप गरी ३३००१ मा पठाउन सक्नु हुनेछ ।