• एक्लै लखर लखर हिंड्दैछन् नविन

    म्यूजिक खबर
    प्रकाशित: ७ मंसिर २०७१, आईतवार

    काठमाडौं । यहाँ कलाकारहरु कति विहे नगर्दा पनि सन्तुष्ट छन् तर कति भने विहे गर्नुपर्ने रहेछ भन्दै गाउँले साथीभाइका छोराछोरी देखेर तड्पिने गरेका हुन्छन् । गायक नविन पौडेल पनि आफ्नो एक्लोपनलाई लिएर यतिखेर दिक्क भएका छन् । सधैं गीत गायो, मेला महोत्सव भन्दै दौडियो जिन्दगी यसरी नै बित्ने भयो भन्ने चिन्ता गायक पौडेललाई यतिखेर लागेको छ । तर वास्तविक जीवनमा भने के भइरहेको छ त्यो गायक स्वयम्लाई नै थाहा होला ।
    केटा:   साथीभाइको विहे भयो भाइको भयो छोरो
    आफू भने लखर लखर हिंड्छु एक्लो मोरो
    मेरै जरो खन्ने भा
    आउने थिइनँ माया यस्तै हुन्छ भन्या भा
    ………………
    केटी : बहिनीको नि विहे भइछ पाइछ अरे छोरी
    चमचम चमचम चमचम भइछु म नि एक्ली मोरी
    यस्तै हुन्छ भन्या भा
    लाउने थिइनँ माया बुढी कन्या बन्ने भा
    गायक नविन पौडेलको सातौं एल्बमको गीतमा प्राय समाजमा विहे नभएर लखर लखर हिंड्नेहरुको कथालाई यहाँ प्रस्तुत गरिएको छ । जुन गीतको शब्द, लय गायक पौडेलकै रहेको छ भने स्वरमा भने राधिका हमालले साथ दिएकी छिन् । जसको म्यूजिक भिडियो पनि निर्माण गरिएको छ जसलाई प्रविन श्रेष्ठले निर्देशन गरेका छन् । गोकुल अधिकारीको छायाँकन रहेको उक्त गीतलाई दावा शेर्पाले सम्पादन गरेका छन् । म्यूजिक भिडियोमा गायिका लक्ष्मी ढकालले अभिनय गरेकी छिन् ।

    yastai
    श्रीनगर बतासे डाँडैमा, रातो डोरी कपाल लर्केको, के सम्झनु छ र जान्न म त त्यो घर, आजै भेट भाको, गुल्मीमा आको म परेँ पाल्पाको मान्छे छौ सानी चन्चले बानी बल्लै हो चाल पाको, सत्य खान्छु कसम, ए हजुर सुन्नुभाछ र लगगायतका थुप्रै गीतहरु बजारमा ल्याएका नविनले साँगीतिक क्षेत्रमा नेपाीपनलाई, नेपाली यथाथर्थतालाई, नेपाली मौलिकतालाई उजारग गर्न अझै सक्रिए हुनुपर्ने  बताए ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु