• एनटिभीले किन रोक्यो ज्योतिको अन्र्तवार्ता ?

    म्यूजिक खबर
    प्रकाशित: ५ भाद्र २०७१, बिहीबार

    काठमाडौं, ५ भदौ । गायिका ज्योति मगरको एक्सप्रेसन देख्दा धेरैजनालाई झसङ्ग गराउँछ तर उनको ग्ल्यामर पोज भएको म्यूजिक भिडियो भने नेपाल टेलिभिजनले प्रसारण गरिरहेको छ । विहान टेलिभिजन हेरेर बस्दा प्राय गीतहरुका म्यूजिक भिडियो हेरेर आँखा छोप्नु पर्ने हुन्छ भने कतिका गीतका शब्द सुनेर कान थुन्नुपर्ने हुन्छ । तीजको छेकोमा एकजना कलाकार ज्योति मगरको अन्र्तवार्ता भने ‘देखाउन नसकिने’ भन्दै एनटिभीले रोकेको छ ।
    एनटीभी प्लसमा संचालन भइरहेको कार्यक्रम ‘टि टाइम’का लागि रेकर्ड गरिएको उनको अन्तरर्वार्तालाई टेलिभिजनले रोकिदिएको हो । रेकर्ड भएको दुईहप्तासम्म पनि अन्र्तवार्ता अनइअर नभएपछि रोकिएको जानकारी आएको हो । कार्यक्रमकी प्रस्तोता समेत रेही गायिका शोभा त्रिपाठीले अन्र्तवार्ता रोकिएको पुष्टि गरेकी छिन् । छिटको सारी र रातो चोलीमा अन्र्तवार्ता दिएकी ज्योतिको पहिरन ‘भल्गर’ भएको भन्दै एनटिभीको सेन्सर समितिले अन्र्तवार्ता रोकेको बताइएको छ ।
    चोलीमा भल्गर देख्ने एनटिभीले किस सिन सहितको उनको यो गीत भने निर्धक्क बजाइरहेको छ । किनभने गीत बजाउन उनले पैसा तिरेकी छिन् । चोली यही थियो र गुन्यू पनि छिटकै थियो । तर यो तस्बिर त्यो अन्र्ततावार्ताको भने होइन । ‘जनताकै करले चल्ने टिभीमा पैसा तिर्दा ‘ग्ल्यामरस’ हुने दृष्य फ्रिमा चाहिँ भल्गर हुँदा रहेछन्,’ गायिका मगरले भनिन् । एनटिभी स्रोतका अनुसार उक्त पहिरनमा ज्योतिको क्लिभेजको केही अंश देखिएको छ । त्यही टिभीमा बजिरहेको गीतको हेर्नुहोस् यो तस्बिर, के देखिएको छैन ?

    [youtube]https://www.youtube.com/watch?v=wkibWSUvtnc[/youtube]

    jyoyi magar jyoti

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु