• ओलीको प्रवन्ध संग्रह पुस्तक विमोचित

    म्यूजिक खबर
    प्रकाशित: २३ श्रावण २०७२, शनिबार

    काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले आयोजनामा स्रष्टा पूर्ण ओलीको प्रबन्ध संग्रह सार्वजनिक गरिएको छ । कार्यक्रममा स्रष्टा पूर्ण ओलीको प्रवन्ध संग्रह पुस्तक कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार कमलमणि दीक्षित, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति बिष्णुबिभु घिमिरे, अन्नपूर्ण दैनिकका सम्पादक युवराज घिमिरेले विमोचन गरेका थिए ।

    radheshyam lekali
    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्द्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विभिन्न श्रष्टाहरुले आ- आफ्नो मन्तब्य व्यक्त गरेका थिए । विमोचित कृतिका बारे साहित्यकार युवराज नयाघरेले समग्र पुस्तकको समीक्षा गरेका थिए ।
    कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार कमलमणि दीक्षित, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति बिष्णुबिभु घिमिरे, अन्नपूर्ण दैनिकका सम्पादक युवराज घिमिरे, अनेसास नेपाल च्याप्टरका अध्द्यक्ष राधेश्याम लेकाली, सदस्यहरु गीता मैनाली र यादव भट्टराई तथा विमोचित कृतिका स्रस्टा पूर्ण ओलीले आ- आफ्नो मन्तब्य व्यक्त गरेका थिए ।

     radheshyam lekali1

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु