
काठमाडौं, २१ बैशाख । दैलेखबाट काठमाडौंसम्मको यात्रामा गीतकार गणेश चौलाईंको एउटै उद्देश्य केटो बन्नु रहेछ । सबैले काठमाडौंलाई कर्मथलो बनाउन आएको वा गायक बन्छु, गीतकार बन्छु भन्ने सपना बोकेर काठमाडौं छिरेको भने पनि चौलागाइं भने केटो बनेर मात्र गाउँ फर्किने सुरमा छन् । हुनगीतसी पनि काठमाडौंलाई नै कर्मथलो बनाएर गीतसंगीतको क्षेत्रमा होमिएका हुन् । अहिलेसम्म ३८ वटा गीत लेखेर रेकर्डसमेत गराउन सफल भएका गीतकार चौलागाईं अहिले पनि निरन्तर गीत लेखनको कार्यमा तल्लिन छन् । आफ्नो सुरु र अन्त्य गीतसंगीतमै समर्पित गराउने उद्देश्यका साथ उनी लागिपरेका छन् । केही समय पहिलामात्र राष्ट्रिय रापती म्यूजिक अवार्डबाट उत्कृष्ट गीतकारको अवार्ड हात पार्न सफल भएका चौलागाईं इमान्दार र निरन्तरतापूर्वक लागिरह्यो भने पक्कै पनि उद्देश्य हासिल गर्न सकिन्छ भन्ने बताउँछन् ।
त्यसो त गीतकार चौलागाईं आफूसँगैका हुन् वा आफूभन्दा पछि गीत लेख्न थालेका केही गीतकारहरुको कुरा गर्दा उनीहरु यति सय गीत लेखियो भन्दै चोकमा गफ हाँक्छन् तर पारिश्रमिक नपाएर गफमै सीमित भएको पनि बताउँछन् । तर उनले जति गीत लेखे त्यो सबैको पारिश्रमिक लिएर नै गीत लेखेको बताउँछन् । पहिलो गीत दसैं र तिहार घर खर्च, पठाउनलाई सकिनँ प्यारी दुःख सुख चलाउ वर्ष लेखेर लोकदोहोरी शब्दलेखनमा पाइला टेकेका उनले धेरै चर्चित गीतहरु पनि लेखेका छन् । आफ्नो भन्न कहिल्यै पाइएन बोलको गीत लेखनमा उनलाई धेरै सफलता मिल्यो । जुन गीत राजु परियार र देवी घर्तीको स्वरमा सजिएको थियो । त्यस्तै उनले लेखेका गीतहरु यो मनको इच्छामा, कान्छु तिम्लाई, ए सानु पनि उत्तिकै चर्चायोग्य बने । पछिल्लो समय गायक विमल डाँगीसँगको सहकार्य उनका लागि सफल यात्रा बनेको पनि उनी भुल्दैनन् । धेरै गायक गायिकासँगको सहकार्यमा काम गरिसकेका उनको एउटै लक्ष्य भनेको सफल गीतकार बन्नु नै हो ।
पूर्व, पश्चिम सबै क्षेत्रका गीतहरुलाई शब्दमा उतार्न सफल गीतकार चौलागाईंले मायाप्रेममा आधारित मात्र नभएर समसायिक एवं सामाजिक सन्देशमूलक गीतहरु पनि लेखेका छन् । यतिबेला एक चलचित्रको गीत लेखनमा लागिरहेका गीतकार चौलागाईं भन्छन् ‘म एउटा सफल केटो बन्न चाहन्छु’ । अब हेरुँ यी गीतकार बन्छन् की केटो बन्छन् वा अरु कुनै त्यो भने हेर्न बाँकी नै ।