के के भयो नवोदितमा

म्यूजिक खवर
प्रकाशित: ११ फाल्गुन २०७०, आईतवार

काठमाडौं, १० फागुन । काठमाडौंको नवोदित कलेजमा शनिबार कलाकारहरुको जमघट हुँदा कलेजका विद्यार्थीहरुको तालीले कलाकारलाई झन् हौसला थप्यो । नवोदित कलेजको वेलकम प्रोग्राममा कलाकारहरु गायिका वीमा कुमारी दूरा, साहिमा श्रेष्ठ, दीपा पन्त, विरही कार्की, दावा लामा लगायतको उपस्थितिले कलेजका विद्यार्थीहरुमा मनोरञ्जन प्रदान गरेको थियो भने नारायण ढकाल लगायतका कलाकारहरुको नृत्यले पनि रोचकता थपेको थियो ।
गायक विरही कार्कीले आमा गीत गाउँदा सम्पूर्ण विद्यार्थी, शिक्षक एवं उपस्थित अतिथिहरु भावुक बनेका थिए भने मायालु हजार र होला मायालु गाउँदा सबैको नृत्य हेर्नलायक भएको थियो । त्यस्तै गायिका विमाकुमारी दूराको गीतबाट पनि सबैलाई आफ्नो गाउँ र अतितलाई सम्झाएको थियो ।
त्यस्तै गायिका साहिमा श्रेष्ठका गीतहरुमा पनि विद्यार्थी एवं अतिथिहरुलाई नचाएको थियो । साहिमाले मस्तीलगायतका चर्चित गीतहरु प्रस्तुत गरिरहँदा सबैले वाही वाही गर्दै तालीले अझ हौसला थपिदिएको थियो । त्यस्तै गायिका दीप पन्तको कालो गाजलले पनि सबैलाई नचाएको थियो । कार्यक्रममा नयाँ तथा पुराना कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

bima kumari dura

Nabodit College Welcome Program_ Bima Kumari Dura

birahi karki

Nabodit College Welcome Program_ Birahi Karki

deepa panta

Nabodit College Welcome Program_ Deepa panta

naboditc

Nabodit College Welcome Program_ Comedy

naboditd

Nabodit College Welcome Program_ Dance

naboditwc

Nabodit College Welcome Program_ Dance

narayan

Nabodit College Welcome Program_ Narayan Dhakal Dance

nbaodit

Nabodit College Welcome Program_ Dance

rajendra adhikari

Nabodit College Welcome Program_ Bima Kumari Dura_Rajendra Adhikari

sahima shrestha

Nabodit College Welcome Program_ Sahima Shrestha

 

Programe Video click this

[youtube]http://www.youtube.com/watch?v=c9qJSEUPwe0[/youtube]

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु