• गणेश र प्रियाको गोगन पानीमा

    म्यूजिक खबर
    प्रकाशित: ७ कार्तिक २०७३, आईतवार

    काठमाडौं । कुनैबेलाको चर्चित गीत हो गोगन पानीमा । अम्बर विरही गुरुङको शब्द, लय र स्वरमा रहेको गीत गोगन पानीमा यतिबेला फेरि चर्चित बन्ने क्रममा छ । गायक गणेश गुरुङ र गायिका प्रिया श्रेष्ठले गोगन पानीमा बोलको गीतलाई पुनः नयाँ भर्सनमा बजारमा ल्याएका छन् । वास्तविक मौलिकता बोकेका लोकदोहोरीहरुको खडेरी भइरहेकै बेलामा आएको यस गीतले पुनः पहिलाको झल्को मेटाउने र नयाँपन दिनेमा पनि विश्वास लिइएको छ । हमाल म्यूजिकले बजारमा ल्याएको यस गीतले मायाप्रेमभित्रको कौतुहलतालाई गहिराइमा पु¥याएको छ । लोकगीतप्रेमीहरुको मुखमुखमा कुनैबेला यसले राम्रो छाप छोड्न सफल भएको थियो भने अहिले पनि यसको बजार उत्तिकै सफल हुनेमा गायक गुरुङ ढुक्क छन् ।

    khem-gurung
    म त हजुर गोर्खाली ठिटो
    कसैसित बोल्दिनँ नमिठो
    म पनि त लमजुङ्गे चेली
    पूर्णिमाको जुनजस्तै उजेली
    गोगन पानीमा
    के के हुन्छ थाछैन जिन्दगानीमा

    गोर्खा र लमजुङको आत्मीयतालाई मौलिकतामा गाँसेर मायाप्रेमभित्र रमाउन खोजिएको गोगन पानीमा बोलको गीतले सरलतापूर्वक ग्रामीण भेगको मौलिक संस्कृतिलाई पस्केको छ । केटा र केटीबीचको रुपरङ्गभित्र रहेर मौलिकतको मायाप्रेमलाई लोकलयमा ढालिएको गीत हो गोगन पानीमा । यस गीतले गायक गणेश गुरुङ र गायिका प्रिया श्रेष्ठलाई लोकदोहोरीको क्षेत्रमा उचाइ प्रदान गर्ने देखिन्छ । यस गीतको म्यूजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । गाउँकै परिवेशलाई झल्काउँदै भट्टले भिडियो निर्माण गरेका छन् । करण चैंसिरको छायाँकन रहेको यस गीतको म्यूजिक भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् । गीतमा खेम गुरुङ र आरुसी अस्लामीले अभिनय गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु