• गाउँ सम्झाउने ध्रुवतारा बेलायतमा बन्यो

    म्यूजिक खबर
    प्रकाशित: ७ भाद्र २०७१, शनिबार

    काठमाडौं, ७ भदौ । हाम्रो नेपाली संस्कृति विश्वमा नै फरक पहिचान बोकेको छ । विभिन्न रितिरिवाज र जातजातिको सांस्कृतिक महत्व बोकेको हाम्रो मुलुकमा विभिन्न चाडपर्वसँगै कला संस्कृतिले पनि स्थान पाउँदै आएको छ । हाम्रो गाउँघरमा रहेको सांस्कृतिक महत्व झल्काउने लोक भाकाहरु पुस्तौंदेखि घन्किरहेको छ । अझै दिनप्रतिदिन ती भाकाहरुले महत्व पाउँदै गरेको छ । त्यस्तै मध्यपश्चिमको लोकलयलाई आधारित मानेर गीतकार हरि विष्टको शब्दमा ध्रुवतारालाई नेपालमा रेकर्ड गरियो भने बेलायतमा म्यूजिक भिडियो बनाइएको छ । गीतकार हरि विष्ट पछिल्लो समयमा आधुनिक एवं लोक गीतको क्षेत्रमा मर्मस्पर्शी गीतरचना गर्दै आएका गीतकार हुन् भने आजभोलि आफैंले संगीत पनि भर्ने गरेका छन् । गाउँको लोकलयलाई यथार्थपरक ढंगबाट तिज गीतमा प्रस्तुत गरिएको ध्रुवतारा गीतलाई नायिका श्रेया खरेलको अगुवाईमा बेलायतमा बस्ने महिलाको लगानीमा तयार पारिएको हो ।
    ध्रुवतारा गीतमा राधिका हमाल र झलक संगीतम्को स्वर रहेको छ भने यसको लय र एरेन्ज पनि झलक संगीतम्कै रहेको छ । आलाप रेकर्डिङमा रेकर्ड गरिएको यो गीतको म्यूजिक भिडियोमा श्रेया खरेलको अभिनय रहेको छ । श्रेयाले म्यूजिक भिडियो, थोरै भए पुगीसरीजस्ता सिरियलमा अभिनय गरिसकेकी छन् । त्यस्तै श्रेयाले गायक संगीतकार झलक संगीतकारको सुन सुन मेरी प्यारी, पानी बिना माछा जसरीलगायतका म्यूजिक भिडियोहरुमा अभिनय गरेकी छिन् । श्रेयाका साथमा सुष्मा, भीम लागतका कलाकारहरुको अभिनय रहेको छ । यसको निर्देशन र छायाँकन सुरेश श्रेष्ठले गरेका छन् भने सम्पादन सुरेश राउतको रहेको छ ।

    [youtube]https://www.youtube.com/watch?v=PL_u8lHX82s&feature=youtu.be[/youtube]

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु