• गायक सिंहलाई सम्मान

    म्यूजिक खबर
    प्रकाशित: ९ असार २०७१, सोमबार

    नेपालगन्ज, ९ असार । गायक कन्हैया सिंहलाई आफ्नो जन्मथलो घरबारी टोल नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको छ । गत म्यूजिक खबर म्यूजिक अवार्ड २०१४ मा सर्वोत्कृष्ट सुगम संगीतको अवार्ड चुमेपछि उनलाई आफ्नो जन्मथलो घरबारटी टोलपुग्दा सम्मान गरिएको हो । मुटुमा पीडा बोलको गीतबाट म्यूजिक खबर म्यूजिक अवार्ड चुम्न सफल भएपछि उनलाई बधाई एवं सम्मान गरिएको हो । गायक सिंह काठमाडौंबाट नेपालगन्जको घरबारी टोलमा आफ्नी फूपू ज्ञानदेवी परियारकोमा जानेक्रममा टोलबासीले उनलाई अप्रत्याशित रुपमा सम्मान कार्यक्रम आयोजना गरेका थिए । उनलाई एउटा टोलबाट देशको सफल गायक बनी मानसम्मान पाउन सफल भएकोमा खुशी व्यक्त गर्दै टोलबासीले सम्मान गरेका हुन् ।

    kanhaiya singh

    kanhaiya singh (7)

    kanhaiya singh (6)

    kanhaiya singh (5)

    kanhaiya singh (4)

    kanhaiya singh (3)

    kanhaiya singh (1)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु