
म्युजिक खवर
साउन ३//काठमाडौ
पछिल्लो समय नेपाली लोक सांगीतिक क्षेत्रमा निकै जमेको जाडी हो गायक सुर्य खड्का र सर्जक शिव अखेली । उनै लोकप्रिय जोडीले तयार पारेको नयाँ तिज गित रुपावती भर्खर मात्र सार्वजनिक भएको छ । देवी घर्ति र सुर्य खड्काको आवाज रहेको सो गितमा लय सिर्जना सुर्य खड्काले गरेका हुन भने शव्द सुर्य खड्का र शिव अखेली मिलेर लेखेका हुन । गितले माया प्रेमलाई निकै उत्कृष्ट रुपमा उठाएको छ । गितको सम्पुर्ण पक्ष राम्रो छ । गितलाई स्मृति तिमिल्सीनाले म्युजिक भिडियो निर्देशन गरेकी छन । प्रकाश सपुत,अञ्जली अधिकारी र रिना थापा मगरको अभिनय रहेको छ । करिब २ दर्जन बढी तिजका गीत सिर्जना गरेका शिव र आधा दर्जन बढी गीतहरू मा आवाज भरेका सुर्य रुपावती लाई सबै पक्षमा उत्कृष्ट बनाउने प्रयास गरेको र अरु सबै गीतहरू जस्तै यसलाई पनि दर्शक श्रोताको उत्तिकै माया मिल्ने मा ढुक्क रहेको हामी लाई बताए ।
हेर्नुहोस् भिडियो :