• गायिका जमुना रानालाई आफ्नै पतिले छाडेपछि वास्तविक लोकगीत निकालिन् (भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: ७ मंसिर २०७३, मंगलवार

    काठमाण्डौ । जसले एक चिम्टी सिन्दुर लगाएर तिमी मेरी हौ भन्दै घर भित्र्याए संगै अनेक आसमा मलाइ झुटो माया जालमा पार्यौ ।आज एक्लो एकान्तामा रुनु बाहेक अन्य कुनै खुसि रहेन । संसारका सारा चिज सकिए जस्तै लाग्छ ,आफ्नै सरिर आफ्नो जस्तो लाग्दैन । तिमीलाई पाप लाग्छ जुन चिज मेरै हो भनेर बनाएको थियौ त्यहि चिजको अन्य गरेपछि तिमीलाई खुसि मिल्यो होला शुभकामना छ तिमीलाई तिम्रो जीवनको ।

    यस्तै शब्द भावमा अनुबन्धित चर्चित गायिका जमुना रानामगरको आफ्नै वास्तविक घटनामा आधारित लोक गीत ‘सिन्दुर’ बजारमा आएको छ । धेरै गीतहरुबाट दर्शक श्रोताको मन जितेकी जमुनाले यो पहिलो आफ्नै वास्तविक लोक गीत गएको बताइन ।आफ्नो जीवनको कथा गीत बाट प्रस्तुत गर्दै जमुनाले सिन्दुरको महत्वलाई दर्शाएकी छिन् ।

    गीतमा शब्द भने नेत्र अर्यालले भरेका छन । जमुना रानाकै लयमा बजारमा आएको गीतमा अभिनय जमुना राना र सज्जन हमालले गरेका छन ।अहिलेकी चर्चित् निर्देशक स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेको म्युजिक भिडियोको छायांकन भने करण चैसिरले गरेका हुन् ।दिपक बिष्टको सम्पादनमा तयार भिडियो सुजन म्युजिक प्रालीले बजारमा ल्याएको छ ।आफ्नै कम्पनीको युटुब च्यानल मार्फत् पहिलो पटक यो गीत जमुनाले सार्बजनिक गरेकी छिन ।

    भिडियो हेर्नुहोस :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु