• गायिका टिका पुनको आवाजमा”कर्णाली पारी ” हेर्नुहोस भिडियो

    म्यूजिक खवर
    प्रकाशित: २० चैत्र २०७५, बुधबार

    नेपाली मौलिक लोकभाकाहरुको बजारमा आगमन भै रहेको अवस्थामा पश्चिमेली लोक भाका देउडा गीत गायक लोकेन्द्र जिसी र गायिका टिका पुनको आवाजमा”कणाली पारी ” गीतको भिडियो बजारमा आएको छ ।

    जिवनका अभाव र कठिन परिस्थितीलाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । आफनी मायालुको याद पिडामा पनी आउने कुरालाई गीतमा समावेश गरिएको छ । सुरेश राना सुमनको शब्द तथा मौलिक लय सिर्जनमा गीत तयार पारिएको छ । कणार्ली बारी पारीको जिवनको कथालाई गीतमा समावेश गरिएको सुरेश ले बताए । गीतमा एरेन्ज कमल सौरागले गरेका छन ।

    मान बहादुर ओलीको छायाँकन , चानस पुन मगरको सम्पमदन तथा चन्द्र मन्दिर मगरको निर्देशन भिडियोमा रहेको छ । मौलिक गीत भएका कारण गीतको गायकी तथा भिडियो निमार्ण पक्ष निकै राम्रो रहेको छ । पवन कुमार योगी , प्रेरणा विक , मदन रेग्मी सुमित्रा चौधरीको नृत्य रहेको छ ।

    ”कर्णाली पारी ” गीतको भिडियो हेर्नुहोस ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु