• गायिका मुनाको पीडा ‘त्यतातिर ठीकै होला नि’ भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: ५ चैत्र २०७२, शुक्रबार

    विद्यमान नेपाली समाजमा हरेक घरको एक न एक सदस्य विदेशिनु बाध्यता नै बनेको परिस्थिति छ । जब आफ्नो मान्छे परदेशि बन्न पुग्छ तब परिवारले हर क्षण उसको अभाव महशुष गरिरहेको हुन्छ । झन् दुःख सुख जे परे नि साथ दिने जीवनसाथीको मनमा पीर मुटुमा जलन हुने नै प¥यो । बेलाबेलामा हालखबर सोधपुछ गर्दा पनि वास्तविक पिडा बताउँदा झन् परदेशिएको आफ्नो मान्छेको मन रोला कि भनेर उनले मनभरि पिडा राखेर खुशी नै भएको भाव प्रकट गर्दछिन् । यो श्रीमान् विदेशिएका नेपाली महिलाहरुको समस्या नै हो । यस्तै समस्याले ग्रसित छिन् नेपालकी लोकप्रिय गायिका मुना थापा मगर पनि । ‘मनमा पीर छ, मुटुमा जलन छ, खुशी जस्तै देखिने चलन छ, त्यतातिर ठिकै होलानी’ भनेर आफ्नो विदेशिदाँको अनुभुति प्रकट गरेकि छिन् थापाले ।
    तर गायिका थापाको वास्तविक जीवनको पीडा भने होइन, उनको स्वरमा सजिएको गीत ‘त्यतातिर ठिकै होलानी’ बजारमा आएको छ । पछिल्लो समयमा समाजको वास्तविक चित्रण गरिएको गीत ‘मनमा पीर छ मुटुमा जलन छ,खुसी जस्तै देखिने चलन छ । त्यतातिर ठीकै होला नि ? सुनाउ भने यताको हाल खबर परदेशीको मनै रोला नि’ को म्यूजिक भिडियो तयार पारिएको छ ।

    tyetatira thikai holani
    परदेशीभूमिको रहेको कल्पना गर्दै गीतकारले पारिवारीक विछोडको भाव सहितका शब्दहरु रहेको छ । चर्चित लोकगायक विमल डांगीको सहयोगमा पहिलो सिर्जना प्रकाशन गरेका गीतकार चौलागाईंले देशको वर्तमान प्रतिकूल अवस्था र पारिवारीक विछोडको पीडा घरमा रहेकी श्रीमतीले परदेशमा रहेका श्रीमानलाई दुःखको खबर सुनाउन अप्ठ्यारो भएको अवस्थाबाट उठान गरेका छन् । लोकप्रिय गायिका मुना थापा मगरको स्वर रहेको उक्त गीतलाई राजकुमार बगरले संगीत भरेका छन् । गोकर्ण र त्यस वरपरका रमणीय स्थलमा छायांकन गरिएको म्युजिक भिडियो विन्ध्यवासिनी म्युजिक कम्पनीले निर्माण गरेको हो।
    कपिल लामाको निर्देशनमा बनेको भिडियोमा महेन्द्र गौतम र सुमित्रा भण्डारीले अभिनय गरेका छन् ।

     भिडियो हेर्नुहोस्  :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु