• गायीका डेनीको ‘चोलीको तुनामा’ तयार….(भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: १४ कार्तिक २०७१, शुक्रबार

    काठमाडौं, १३ कार्तिक । प्रतिवाशली एबम सुमधुर स्वरकि धनी नव गायीका डेनी रेग्मीको गीत ‘मेरो चोलीको तुनामा’ को भिडियो तयार भएको छ । आशिष घिमिरेद्धारा निर्माण गरिएको यस म्यूजिक भिडियोलाई रवीन्द्र बरालले खिचेका हुन् । निर्देशक दिपेन्द्र घिमिरेलेनै म्यूजिक भिडियोमा अभिनय गरेका छन् भने उनलाई मोडल काजोल पाण्डेले साथ दिएकी छन् ।
    म्यूजिक भिडियोमा कोरियोग्राफी देवेन्द्र राज पाण्डेको रहेको छ भने निशान घिमिरेले भिडियोको सम्पादन गरेका छन् । रेग्मीको पहिलो ‘डान्सिङ नम्बर’ को भिडियो छायांकन काठमाठौं, पोखरा तथा चितवनका विभिन्न स्थानहरुमा गरिएको निर्माता घिमिरेले जानकारी दिए । यस गीतमा संगीत बिपिन आचार्यको रहेको छ भने शब्द शिव पि सुबेदीको रहेको छ ।
    यस गीतलाई भिजन नेपाल फिल्मस्ले बजारमा ल्याउन लागेको छ । चितवन निवासी रेग्मीको सुमधुर स्वरमा रहेको गीतले बिशेषत युवा पंक्तिलाई आकर्षितगर्ने अपेक्षा गरिएको छ ।
    युवाहरुको रोजाई र माग बुझेरनै आफ्नो पहिलो गीत डान्सिङ नम्बर बजार ल्याउन लागेको गायीका रेग्मीले बताइन् । छिट्टै आफ्नो आवाजमा नयाँ एल्वम बजारमा ल्याउने तयारीमा रहेको रेग्मीले बताइन् । उनले केहि फिल्ममा समेत गीतका लागि प्रस्ताव आएको बताइन् । ‘तर यो गीतको प्रतिकृया हेरेर मात्र कस्तो गीतमा बढि ध्यान दिने भन्ने निर्णय गर्नेछु’, उनले भनिन् ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु