• गीतकार संघमा पुनः दाहालको नेतृत्व

    म्यूजिक खबर
    प्रकाशित: १३ मंसिर २०७१, शनिबार

    काठमाडौं । गीतकार संघको अध्यक्ष पदमा पुनः योगेन्द्रमणी दाहालको नेतृत्व दोहोरिएको छ । दाहाललाई गीतकार सदस्यहरुले अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेका हुन् । त्यस्तै
    पूर्व महासचिव विपिन किरण उपाध्यक्षमा बढुवा भएका छन् । उपाध्यक्षमा गीतकार जानकी पन्थले पनि उम्मेदवारी दिएकी थिइन् । भोटिङका आधारमा उनलाई पछि पार्दै विपिन उपाध्यक्ष चुनिएका हुन् ।
    महासचिवमा डि. पाण्डेलाई पछि पार्दै शुभ मुकारुङले चुनाव जितेका छन् भने सचिवमा राम भट्टराई दोहोरिएका छन् । कोषाध्यक्षमा गोबिन्द प्रसाद उपाध्याय चुनिएका छन् ।
    काठमाडौंमा शनिवार सम्पन्न गीतकार संघको वार्षिक साधरण सभाबाट सदस्यहरुमा प्रतिमा विवश, शुसिला पौडेल, धनु रानी र वसन्त वित्यासी थापा लगायत चुनिएका छन् । म्यूजिक खबर डटकम परिवारको तर्फबाट  गीतकार संघका निर्वाचित पदाधिकारीहरुलाई हार्दिक बधाई एवं शुभकामना ।

    geetkar geetkar sangh

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु