• गुरुङको अवस्था सुधार हुँदै

    म्यूजिक खबर
    प्रकाशित: १८ फाल्गुन २०७१, सोमबार

    काठमाडौं । नेपाल संगीतका धरोहर बरिष्ठ गायक तथा संगीतकार अम्बर गुरुङको स्वास्थ्यमा सुधार हुँदै आएको छ । राष्ट्रिय गानको संगीतकार समेत रहेका गुरुङ केही दिनयता अचानक आफ्नो निवास बुढानीलकण्ठमा लडेपछि उपचारका लागि धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो । गुरुङको स्वास्थ्य सुधारबारे सोमबार ग्राण्डी हस्पिटलले पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
    पत्रकार सम्मेलनका संगीतकार गुरुङका छोरा राजु गुरुङलगायत उनका परिवार र उपचारमा संलग्न डाक्टर अमित थापा, राजु पौडेल लगायतका डाक्टरहरुको उपस्थिति रहेको थियो । उनको उपचारबारे जानकारी गराउँदै हस्पिटलका मेडिकल डाइरेक्टर चक्रराज पान्डेले गुरुङको स्वास्थ्यमा सुधार आएको जानकारी दिएका थिए । ७८ वर्षीय संगीतकार गुरुङ केही वर्षयता बुढ्यौलीसँगै पार्किन्सन्स मधुमेहले कमजोर भएका छन् । कमजोर शारीरिक अवस्था भएकै कारण उनी घरमाढलेका थिए । डा. पान्डेले भने, ‘हामीले उहाँको उच्च निगरानी राखेर उपचारमा गरेका थियौं ।’ गुरुङको उपचारमा लाग्ने खर्च सरकारले नै बेहोर्ने जनाएको छ । तर, यदि सरकारले नबेहोरे पनि एउटा नेशनल आइकनको उपचारमा सबैले सोच्नुपर्ने बताउँदै अस्पतालले नै बेहोर्ने मेडिकल डाइरेक्टर पान्डेले बताए । कलाकार तथा स्रष्टा भनेको राज्यको सम्पति हुन् । त्यसैले अस्पतालले एकजना स्रष्टाका लागि खर्च बेहोर्न तयार छ ।’

    11014764_10203906158035345_1474800092_n
    त्यस्तै गुरुङको उपचारमा संलग्न रहेका इमरजेन्सीका डाक्टर अमित थापाले संगीतकार गुरुङको टाउको र गिदीमा रगत जमेका कारण सुस्त मनस्थिति भएको बताएका थिए । पार्किसन्सका कारण गुरुङले केहीसमययता संगीत गर्दा हात काम्ने, सुस्त हुने भएकै कारण घरमा लड्न पुगेको थापाले बताए । त्यस्तै उपचारमा संलग्न रहेका न्यूरो डाक्टर राजु पौडेलले उहाँ सुस्त हुँदै जानु, हात काम्नु, शारीरिक रुपमा कमजोर हुँदै जानुजस्ता कारणले उहाँलाई पार्किसन्स भएको हो जसको सफल उपचार भइरहेको बताए ।

    11042191_10203906146915067_1147800020_n ambar gurung ambar gurung ambar gurung grandy

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु