• चार जना स्रष्टा र एक पत्रकारलाई प्रस्तोता समाजको सम्मान

    म्यूजिक खबर
    प्रकाशित: १८ भाद्र २०७४, आईतवार

    १८ भाद्र २०७४, काठमाडौं । प्रस्तोता समाज नेपालले नेपाली गीत संगीतको क्षेत्रमा योगदान पु¥याएका ४ जना अग्रज स्रष्टा र एक पत्रकारलाई सम्मान गर्ने भएको छ । समाजको हालै बसेको बैठकले रेडियो नेपालका प्रथम गायक हरि प्रसाद रिमाल, गायक बासुदेव मुनाल, गायक तथा संकलक कृष्णसुधा ढुङगाना र गायक तथा संकलक मच्छेस्वर सापकोटालाई नगद १० हजार र दोसल्लाले सम्मान गर्ने निर्णय गरेको हो । त्यस्तै कार्यक्रममा पत्रकारिताको माध्यमबाट नेपाली गीत संगीतको प्रबद्र्धन, स्रष्टा अधिकार र रोयल्टीका बिषयमा सचेतना जगाएको भन्दै पत्रकार लोकराज अधिकारीलाई पनि सम्मान गर्ने समाजले निर्णय गरेको छ ।

    समाजमा संकलित रोयल्टी ब्यबस्थापन बापतको प्रशासनिक खर्च बाट अग्रजहरुलाई रोयल्टी बापतको प्रसादी सम्मान भएको समाजका अध्यक्ष तुलसी पराजुलीले बताए । सबै क्षेत्रबाट रोयल्टी संकलन हुदाँ यसप्रकारको सम्मानको राशी बढदै जाने पनि अध्यक्ष पराजुलीले जानकारी दिए ।

    मंगलवार राजधानीमा एक बिशेष कार्यक्रमको आयोजना गरी सम्मान अर्पण गरिने छ । अधिकारीलाई कदर पत्र र दोसल्लाले सम्मान गरिने समाजले जनाएको छ । संस्कृति मन्त्रालयका सचिव महेस्वर न्यौपानेको प्रमुख आतिथ्यमा कमलादिको सिडब्लु पार्टी प्यालेसमा हुने कार्यक्रममा ५० जना प्रस्तोतालाई रोयल्टी बितरण पनि गरिने छ । यसपटक एक जना प्रस्तोताको भागमा अधिकतम २ लाख ४८ हजार रुपैया सम्म रोयल्टी आएको अध्यक्ष पराजुलिले जानकारी दिएका छन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु