• बुबाको कविता चोरेर साहित्यमा लागें : गीतकार अधिकारी

    म्यूजिक खबर
    प्रकाशित: २८ फाल्गुन २०७२, शुक्रबार

    बुबाआमाकै आशिर्वादले मान्छेले प्रगति गरेको हुन्छ । आफ्नो सन्तान बुबाआमाको लागि सधैं सानै हुन्छ र प्यारो पनि हुन्छ । तर छोराछोरी भने बुबाको खल्ती छाम्ने काममा व्यस्त हुन्छन् । कोही राम्रो कामका लागि खल्ती खोतल्छन् त कोही नराम्रा कामका लागि । गीतकार राधिका अधिकारी पनि आफ्नो बुबाको खल्ती खोतल्ने एक पात्र हुन् । आफ्नै बुबाको कविता चोरेर चोर कवि बन्दै प्रतिस्पर्धा गरेपछि प्रथम भएको उनले बताइन् । उनले बुबाकै कविता चोरेर स्कुलमा वाचन गर्दा प्रथम भएपछि पुरस्कार पाइँदोरहेछ भनेर लेख्न थालेकी हुन् रे ।गीतकार अधिकारीले आफ्नो पहिलो एल्बम ‘किनारा’ सार्वजनिक गर्दै बुबाकै कविता चोरेर साहित्यमा लागेको बताएकी हुन् । आफ्ना कविता, गजललाई रेडियो नेपालमा पठाउनकै लागि उनले बुबाको खल्ती टकटक्याएको पनि कार्यक्रममा भनिन् । साहित्यमा गीत, कविता गजल लेख्दालेख्दै एल्बम निकाल्न प्रेरणा मिलेको बताउँदै अधिकारीले आफूलाई सहयोग गर्ने सबैलाई आभार प्रकट गरेकी थिइन् ।radhika_kinara
    प्राध्यापक डा.कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा गीतकार डा.नवराज लम्साल, संगीतकार राजु सिंह, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, निर्देशक समाजका उपाध्यक्ष सुमन दाहाल, कलाकार संघकी महासचिव सरिता लामिछाने लगायतको उपस्थितिमा अधिकारीको गीतगजल संग्रह ‘किनारा’ सार्वजनिक गरिएको हो । विन्ध्यवासिनी म्यूजिकका अध्यक्ष सुवास रेग्मीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा गीतसंगीत क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।  कार्यक्रमको सञ्चालन कुशल उद्घोषक तथा मिडियाकर्मी शशि शर्मा मजगैंयाँले गरेका थिए ।

    kinara_lunch
    किनारा सार्वजनिक भएपछि संगीततर्फको समीक्षा गर्दै संगीतकार राजु सिंहले एउटा राम्रो कृति बन्न सफल भएको बताएका थिए । उनले संगीतको पक्षहरु केलाउँदै सबैले सहज रुपमा ग्रहण गर्न सक्ने संगीत सिर्जना भएको बताउँदै किनारा एल्बमको सफलताको शुभकामना दिएका थिए ।IMG_0021
    त्यस्तै गीतकार डा. नवराज लम्सालले गीततर्फको समीक्षा गर्दै राधिका अधिकारीले संवेदनामा रहेर गीत लेखेको उल्लेख गरेका थिए । कविता लेख्दैमा गीतकार बन्न सकिँदैन, साहित्यमा लाग्दैमा गीतकार बन्न सकिँदैन, कुनै पत्रकार गीतकार बन्न सक्दैन जब त्यहाँ संवेदना हुँदैन त्यो गीत मर्मस्पर्शी बन्न पनि सक्दैन भन्दै गीतकार राधिका अधिकारीका शब्दहरुले संवेदना बोकेको बताएका थिए । डा. लम्सालले कुनै न कुनै क्षणमा उनका संवेदनाले उनलाई गीत लेख्न प्रेरित गरेको बताउँदै लेखनले पक्कै पनि सफलता प्राप्त गर्नेमा विश्वस्त रहेको बताएका थिए ।IMG_0032

    चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले राधिका अधिकारीको फेसबुकको स्टाटसले नै उनी साहित्यिक व्यक्तित्व भएको गीतकार हो भन्न सक्छु । उनका गीत पक्कै पनि राम्रा छन् भन्दै पत्रकारितामा उनको स्थानलाई गीतकारको परिचयबाट उचाइ प्रदान हुने संघका अध्यक्ष शान्तिप्रिय बताएका थिए ।IMG_0016प्रमुख अतिथि डा.कृष्णहरि बरालले राधिका अधिकारीको गीतका पंक्तिहरु केलाउँदै राम्रो लेखन क्षमता भएको गीतकार भएको बताएका थिए । बरालले गीतसंगीतका विविध पाटाहरुका कुराहरु गर्दै राधिकाको गीतले पक्कै पनि कुनैबेला कसैसँगको प्रसंगलाई प्रष्ट पारेको बताएका थिए । कार्यक्रममा उपस्थिति अतिथिहरुले गीतकार एवं पत्रकार राधिका अधिकारीको एल्बममाथि बाल्दै शुभकामना दिएका थिए ।
    IMG_0041कार्यक्रमलाई सम्बोधन गर्दै सभापतित्व गरिरहेका विन्ध्यवासिनी म्यूजिकका अध्यक्ष सुवास रेग्मीले गीतसंगीतका विसंगतिहरुप्रति सजग रहन सबैलाई आग्रहसमेत गरेका थिए । IMG_0009

    IMG_0064एल्बममा पाँचवटा गीत समावेश गरिएको छ । जसमा जति छाल आए पनि, जिन्दगीले आफैंलाई, पुग्नु त मैले, आउँ तिमी अँगालोमा जस्ता गीत समावेश गरिएको छ । जसमा सन्तोष श्रेष्ठ, सागर अधिकारी, सुरेश अधिकारी र बुद्ध सायमीले संगीत दिएका छन् भने काव्य आचार्य, राज सिग्देल, अन्जु पन्त, सागर अधिकारी, संगीता तिमिल्सिना बास्तोला र एन्जिला रेग्मीले स्वर दिएका छन् । गीतलाई विन्ध्यवासिनी म्यूजिकले बजार प्रबद्र्धन गरेको छ । कार्यक्रममा राज सिग्देलको स्वरमा रहेको जति छाल आए पनि बोलको गीतको म्यूजिक भिडियोसमेत सार्वजनिक गरिएको थियो भने एल्बममा सहभागी स्रष्टाहरुलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।

    radhika_kinara1

    IMG_0057

    IMG_0054

    IMG_0047

    IMG_0049

    IMG_0062

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु